मोडल बुद्दबिर र सारिकाको अभिनयमा ‘तिम्रो साथमा …’ सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार ३१, २०७६

नेपाटप

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा आएका मोडल बुद्दबिर थापाको अभिनयमा लोकदोहोरी गीत ‘तिम्रो साथमा …’ सार्बजनिक भएको छ ।

उक्त गीत केहि दिन अगाडी मात्र बुर्तिबाङ्ग म्युजिक प्रालीको प्रस्तुतीमा बजारमा आएको हो । सार्वजनिक गीतमा गायिका देवी धर्ति र गायक नविन संगीतको आवाज गीतमा रहेको छ ।

नेपाल लाइफ

गीतमा आफ्नी मायालुको यादमा निकै तड्पिएको कुरा समाबेश गरिएको छ । आफ्नु मायालुको यादमा जिवन निकै अफ्ट्यारो अवस्थामा पुगेको कुरालाई गीत मार्फत समेटिएको छ ।

सर्जक शक्ति समिर खत्रीको शब्द तथा मन कुमार मगरको लय सिर्जना रहेको गीतमा मरुभुमी नारायणको छायाँकन गरेका हुन् ।

रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा मोडल बुद्धविर थापा, प्रेरणा बोहोरा र सारिका केसीको दमदार अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस