सुनको मूल्य घट्यो, कतिले भएको छ कारोबार ?

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, असार १६, २०७६

नेपाटप

काठमाडौँ- सोमबार सुन आज प्रतितोला ५ सय रुपैयाँ घटेको छ।

आइतबार ६५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ।

नेपाल लाइफ

अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार सुनको मूल्यमा सामान्य कमी आएको छ। यद्यपी एक महिनामा सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले बढेको छ। जेठ १५ गते प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।