सुनको भाउ सगरमाथाको यात्रामा, कायम भयो अहिलेसम्मकै नयाँ रेकर्ड

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन ७, २०७६

नेपाटप

काठमाडौं– मंगलबार सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७६ हजार सात सय रुपैयाँमा कारोबार भएको छ।

यस अघि गत २३ पुसमा सुनको मूल्य ७६ हजार पाँचसय रुपैयाँमा कारोबार एको थियो। मंगलबारको मूल्यले यसअघिका सबै रेकर्ड तोडेको हो।

नेपाल लाइफ

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेका कारण यसको असर नेपाली बजारमा पनि परेको हो। खासगरी अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

अन्तर्राष्ट्रिय बजारमा हाल सुनको मूल्य प्रतिऔँस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने अनुमान छ। मंगलबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ।