बज्रग्रुप को ब्राण्ड एम्बेस्डरमा मिस नेपाल श्रृङ्खला खतिवडा

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

काठमाडौं– बज्रग्रुपले मिस नेपालश्रृङ्खला खतिवडा लाई एक बर्षको लागी आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । २०१८ को विश्व सुन्दरी प्रतियोगितामा उनको प्रतिनिधित्व नेपालको लागी संसारभर विशेष जनप्रभावपार्ने ऐतिहासिक क्षण रहेको र पेसाले आर्किटेक्ट भएको भन्दै उनलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको हो ।

यो ब्राण्ड बाथरुम र निर्माण सामाग्री उत्पादनगर्ने सेनेटरी ब्यवसायसँग सम्बन्धित छ । ब्राण्डको उत्पादनको बारेमा खतिवडालाई राम्रो जानकारी रहेको र व्वसायिक विचार र कार्यशैलीले बजारमा उत्पादनलाई प्रचार गर्न पनि सहज बनाएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफ

‘बिगत २८ बर्षदेखि बज्र ग्रुपले विविधप्रकारका सेनेटरी उत्पादनहरु वितरण गर्दैआएको छ । बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामाग्रीहरु र इसेम्बल्स ईत्यादी । नेपालमाउत्कृष्ट प्रदर्शनको लागीयस ग्रुपले बिभिन्न प्रतिष्ठित अवार्डहरु प्राप्त गरेको छ । बज्रग्रुप देशको सेनेटरी बजार मा ८० प्रतिशतअंशओगट्न सफल छ,’ पत्रकार सम्मेलनमा खतिवडाले भनिन्, ‘म एक आर्किटेक्ट हुँ , मैले बज्रग्रुपको उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड को गुणस्तर र सर्वसुलभ भएको पाँए । म विश्वस्तछु कि यस सहकार्यले बज्रग्रुप लाई बजारमाआफ्नो उत्कृष्ट छाप छोड्र्न अझै उर्जा मिल्नेछ ।’