रुद्राक्षबाट अवैध ढंगले कमाएको रकम छानविन गर्न व्यवसायीको माग

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, कार्तिक २७, २०७६

नेपाटप

काठमाडौं– रुद्राक्ष व्यवसायी संघले गैर कृषक र व्यवसायीले अवैध ढंगबाट आर्जन गरेको सम्पती छानविन गर्न सरकार समक्ष माग गरेको छ । संघका केन्द्रिय अध्यक्ष मनोज चापागाईले अप्राकृतिक रुपमा रुद्राक्ष बनाई करोडौं रकम कमाएका कृषक र व्यवसायीको सम्पतिमाथी छानविन गर्न माग गरेका हुन । अवैध ढंगबाट सम्पती आर्जन गर्ने तर, राज्यले तोकेको कर प्रणालीमा सामेल नहुने भएकाले त्यस्ता कृषक र व्यवसायी माथि छानविन आवश्यक भएको अध्यक्ष चापागाईले बताए ।

‘सरकारले तोकेको कर प्रणाली व्यवसायीक आचार संहिता र नियमावली विपरित भएको हुनाले यस्ता व्यक्तिमाथि छानविन गरी कानुनी कारवाही गरिनु पर्छ,’ उनले भने । कारवाहीका लागि आवश्यक परे संघले सरकारलाई छानविनमा सहयोग गर्ने पनि चापागार्इले स्पष्ट पारे ।

नेपाल लाइफ

रुद्राक्ष कृषी व्यवसायमा आएको उतारचडावले रुद्राक्षको पेशा व्यवसाय धरमराउन थालेको छ । इन्डोनेसियाको रुद्राक्ष प्रजातीको कृषी व्यवसायको अध्ययन गर्दा केही गैर कृषक, र गैर व्यवसायीले क्षणिकरुपमा आर्थिक लाभ आर्जन गर्ने उदेश्यका साथ गैरजिम्मेवारपूर्ण अप्राकृतिक बनाउने क्रम बढ्दै गएको छ । अप्राकृतिक रुपमा रुद्राक्षको बनावट हुन थालेपछि यसको धार्मिक, प्राकृतिक सौन्दर्यता ऐतिहासिक तथा वैज्ञानीक दृष्टिले समेत नेपालको रुद्राक्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यसको बजार खस्कदो अवस्थामा पुगेको चापागाई बताउँछन् ।
गैर कृर्षक तथा व्यवसायीले गैर जिम्मेवार ढंगबाट रुद्राक्षलाई अप्राकृतिक बनाउँने कुकार्य गरी नेपालको बुद्धचित्त र इन्डोनेसीकाको रुद्राक्षको व्यवसायीक अस्तित्व नै समाप्त पारेको अवस्था छ । अहिले नेपालको सर्वमान्य रुद्राक्ष पनि सोही अनुसार धरासायी र समाप्त पार्ने योजना अनुसार यस्ता अप्राकृतिक रुद्राक्षको उत्पादन सुरु हुन थालेको छ ।

चापागाईले गैर प्राकृतिक रुद्राक्षको उत्पादनमा प्रतिवन्ध लगाई पेशा र व्यवसायलाई दिर्घकालीन बनाउनु पर्ने बताए । उनले रुद्राक्ष पछिल्लो समय नेपालीहरुको दैनिक जीवनसंग जोडिएका कारण यसका बिभिन्न प्रकारका सामाग्रीको निमार्ण गर्न, औषधि जन्य गुणको परिक्षण गर्न, राष्ट्रि«य अन्तराष्ट्रिय स्तरमा हस्तकलाका सामानहरुको बजार खोज्ने विषयमा तीन तहकै सरकार समक्ष छलफलगरी निकास निकाल्न पहल गर्ने बताए ।