विश्व बैंकसँग १३ अर्ब ऋण लिएर कम्युनिष्ट सरकारले झार उखल्नेलाई बाँड्ने !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, कार्तिक २६, २०७६

नेपाटप

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले विश्व बैंकबाट १३ अर्ब ऋण लिएर खुद्रा आयोजनामा खर्च गर्ने भएको छ । गत बर्ष देखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा सरकारले ऋण लिएर पैसा बाँड्ने भएको हो ।

गत बर्ष पनि कार्यक्रमको चौतर्फी आलोचना भएको थियो । यो बर्ष ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्था (आइडीए)सँग ऋण लिएको छ ।

नेपाल लाइफ

विश्व बैंकले ५ वर्षका लागि सरकारलाई दिएको १३ अर्ब ६२ करोड ऋण प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् साना आयोजना सञ्चालनमै खर्च हुने देखिएको हो।

अघिल्लो वर्ष झार उखेल्ने, बाँदर लखेट्ने, बाटो मर्मत, बगैँचा सफा बनाउनेलगायतका खुद्रा योजनामा २ अर्बभन्दा बढी रकम सकिएको भन्दै चौतर्फी आलोचना भएको थियो।