कांग्रेसले लियो गज्जबको निर्णय, कार्यकर्ता खुसीले गदगद

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार २१, २०७६

नेपाटप

काठमाडौं– नेपाली कांग्रेसले तल्ला तहका संरचना निर्वाचनबाट गठन गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले अन्तरिम अवधिका लागि निर्वाचनमा नगई सहमतिबाट तदर्थ समिति गठन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । तर, पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देउवाको प्रस्ताव मानेनन् । सोही कारण देउवा समेत निर्वाचनमा जान तयार भएका हुन् ।

केन्द्रीय कार्यसमितिद्वारा शुक्रबार जारी विज्ञप्तिमा विधानअनुसार सबै संरचना गठन हुने जानकारी गराइएको छ । संघीय संरचनाअनुसार कमिटी गठन गर्दा निर्वाचनबाटै गर्नुपर्ने विधानमा प्रस्ट व्यवस्था छ । केन्द्रीय कार्यसमितिबाहेक तल्ला तहका कमिटी पुरानै संरचनाअनुसार गठन भएका छन् । नयाँ संरचनाअनुसार प्रदेश, क्षेत्र, गाउँ, नगर, वडा र बुथ कार्यसमिति गठन गर्नुपर्नेछ । निर्वाचन कहिले गर्ने भन्ने निर्णय भने आइतबारदेखि बस्ने केन्द्रीय कार्यसमितिले गर्नेछ ।

नेपाल लाइफ

बैठकले नियमावलीसमेत पारित गर्नेछ । नियमावली तयार पार्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरिएको थियो । बैठकमा विभाग, भ्रातृसंस्थाका अधिवेशन, नेविसंघको गठनलगायत विषयमा छलफल हुनेछ ।