दशककै शक्तिशाली भुकम्पले मच्चायो वितन्डा, कस्तो छ अवस्था ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार २०, २०७६

नेपाटप

काठमाडौं– अमेरिकामा दुई दशकयताकै शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको क्यालिफोर्नियामा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।

क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले भवनहरूमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस)ले जनाएको छ।

नेपाल लाइफ

लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट सहर भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ। पछिल्लो दुई दशक यताकै शक्तिशाली भूकम्प रहेको बीबीसीले जनाएको छ ।

उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन्। केन्द्रविन्दु रहेको सहरमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। केही मानिस घाइते भएका छन्। भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयरले आग्रह गरेका छन्।