भारतबाट फर्केर कोरोना क्वारेन्टाइनमा बसेका १ व्यक्तिको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र १३, २०७६

नेपाटप

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणको रोकथामका लागि पोखरामा बनाइएको क्वारेन्टाइनमा बसेका भारतबाट फर्किएर १ व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको रुपा गाउँपालिका निवासी ५० वर्षीय ती व्यक्ति भारतको हैदराबादबाट फर्किएका थिए ।

नेपाल लाइफ

उनी १२ दिनअघि भारतबाट घर फर्किएका र मंगलवारबाट क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।

ती व्यक्तिलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लैजाँदै गर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, ‘मुटुको रोगी, कलेजोमा पानी जमिराखेको भन्ने थियो ।’

ती व्यक्तिलाई क्वारेन्टाइनमा राखेको र थप उपचारका लागि पश्चिमाञ्चल अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले बताएका छन् । उनको मृत्यु कोरोनाकै कारणले भयो कि अन्य कुनै रोगका कारण भयो भन्नेबारे परीक्षण भइसकेको छैन ।