शनिवार, श्रावण ३१ २०७७Aug 15 2020

Logo
images
images

सत्ताको आडमा प्रचण्डले गरिरहेको ठूलो षड्यन्त्रको खुलासा !

सत्ताको आडमा प्रचण्डले गरिरहेको ठूलो षड्यन्त्रको खुलासा !

  • बुधवार, माघ १ २०७६


  • काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर हत्याकाण्डमा दोषी देखेर जिल्ला अदालत कैलालीले जेल सजाय दिएका रेशम चौधरीलाई छुटाउने षड्यन्त्र गरिरहेको खुलासा भएको छ । काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड आफैंले चौधरीलाई छुटाउने बताएका छन् । चौधरी फरार रहेका बेला भारतमा प्रधानमन्त्रीको हैसियतमै र पक्राउ परेपछि पनि डिल्लीबजार जेलमा पुगेर भेटेको प्रचण्डले खुलासा गरेका छन् । ‘सभामुख, सरकार र पार्टीलाई भनेर कम्तिमा रेशमलाई शपथ गराउनुपर्छ र उनलाई माननीयको दर्जा दिलाउनुपर्छ भनेर भूमिका खेल्ने पनि म हुँ भन्ने नबिर्सनुहोला,’ उनले अर्काे षड्यन्त्रको खुलासा समेत आफैं गरे । प्रचण्डले पूर्व एमालेसँग एकीकरण गरेपछि अहिले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रभावित गर्न सक्छन् । सरकार र पार्टीमा टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस गरिरहेको प्रचण्डले दाबी गरे । ‘केही साथीहरू छुटेका छन् । रेशम लगायतका साथीहरू छुट्न बाँकी छ । छुटाइन्छ, हेर्नुहोला केही समयभित्र परिणम निस्किन्छ,’ उनले भने । माओवादी आन्दोलनमा लागेका, आफूसँगै भएका थुप्रै मानिस अहिले पनि जेलमा रहेको बताउँदै उनले भने, ‘हिजो जनयुद्धमा संलग्न पहाडिया बाहुन क्षेत्री नै जेलमा छन् । हिजो सेनाबाट आएर जनयुद्धमा आएकालाई पनि जेल हालिएको छ । उनीहरूलाई पनि छुटाउन मेरो आन्दोलन जारी छ ।’ प्रचण्डले भने, ‘आन्दोलनमा विश्राम लिएका छौं, चौतारीमा सुस्केरा मारिरहेका छौं । तर हामी आन्दोलनमा नै छौं ।’


    बुधवार, माघ १ २०७६१२:१८:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology