दशरथ रंगशालामा गरियो यति ठूलो भ्रष्टाचार, भिआइपी प्याराफिटको छानो एक महिनामै चुहियो

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, पुस १९, २०७६

नेपाटप

काठमाडौं–दशरथ रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको खुलेको छ । रंगशालामा जडान गरिएको भिआइपी प्यारापिटको छानोबाट पानी चुहिन थालेको छ।

प्यारापिटमा जडान गरिएको फ्याब्रिकबाट पानी चुहिन थालेपछि भिआइपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट भिजेका छन्। फ्याब्रिक गासिएको स्थानबाट पानी चुहिने समस्या देखिएको छ भने फ्याब्रिकबाट पानीको निकास भएको छैन। जसका कारण जम्मा भएको पानी फेरि भिआइपी प्यारापिटमै झरेको छ।

नेपाल लाइफ

राष्ट्रिय खेलकुद परिषदले दशरथ रंगशालामा गत महिना फ्याब्रिकको प्यारापिट जडान गरेको थियो। चीनबाट खरिद गरिएको प्यारापिटका लागि साढे चार करोड खर्च भएको छ। यो रकम भ्याट बाहेकको हो। प्यारापिट आउन ढिलाइ भएपछि खेलकुद परिषद्ले एयर कार्गोमा ५२ लाख रुपैयाँ खर्च गरेर ल्याएको थियो। जसका कारण ढुवानीमा पाँच गुणा बढी खर्च भएको थियो।

गत महिना आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापनका लागि खेलकुद परिषद्ले अन्तिम समयमा प्यारापिट गरेको थियो।

पाँच करोड खर्च भएको प्यारापिट चुहिन थालेपछि राष्ट्रिय खेलकुद परिषदले प्यारापिटको डिजाइन परिवर्तन गर्ने भएको छ।