कम्युनिस्टबाट वाक्क भएपछि युवा संघमा पहिरो, अध्यक्षसहित ५५ युवा कांग्रेस प्रवेश

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, मंसिर ३, २०७६

नेपाटप

धरान – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बदनाम हुने गरी भ्रष्टाचारमा मुछिएको र जनताका लागि केही काम नगरेपछि वाक्क भएका कार्यकर्ता पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन युवा संघ नेपालका तत्कालीन धरान उपमहानगर–१६ वडा कमिटी अध्यक्ष गौतम खालिङसहित ५५ जनाभन्दा बढी स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाल लाइफ

मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसबाट मेयरका उम्मेदवार तिलक राईको मंगलबारको घरदैलो कार्यक्रमको अवसरमा गणेशमान चोकमा आयोजित कोण सभामा युवा नेता खालिङको नेतृत्वमा मानबहादुर राई, राजु चौधरी, राजन राई, सुमित राई, भिक्षण राई, किरण बराइली, प्रशान मगर, अनिल राई, मनिस थापा मगर, नवीन लिम्बू, रोशन गौतम, विकास कार्की, सरोज परियार, राहुल बराइली, भिष्म खालिङ, सुरज कालिकोट, समुति कालकोटे, कबिर श्रेष्ठ, मेनम राई, प्रोगेस शाक्य , आर्चु श्रेष्ठ, निर्मल श्रेष्ठ, सुजन श्रेष्ठ, कमल राई, अर्जुन मगर, जिवन रामदाम, चन्द्र खत्री, नन्दर राई, अबिसन श्रेष्ठ, सुनिल गुरुङ, रुपेस बिक, आमोस दर्नाल, किरण मगर, विनोद कार्की, लखन धमला, धनराज राई, मिलन राई, सौरब मार्के, सुमित रानामगर, भुवन पुरी, सुदन राई, युगल राई, बिष्णु राई, कसत राई, सुरज राई, मादा राई, मनोज राई, देबि दाहाल, प्रकाश तामाङ, अमर तामाङ , शानबहादुर तामाङ, मिनकुमार तामाङ, बिक्रम तामाङ, कृष्ण विकसहित ५५ जना कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस वडा नम्बर १६ का सचिव विजय घिमिरेले बताए ।

 नवप्रवेशी कार्यकर्तालाई मेयरका उम्मेदवार तिलक राई, केन्द्रीय सांसद मीन सुब्बा, पूर्व सांसद हरिनाथ बास्तोला, क्षेत्रीय सभापति सुरेसमान श्रेष्ठ, सचिव मुरारी भट्टराई, महिला नेत्री उमा बास्तोला लगायतले अविर र माला लगाएर स्वागत गरेका थिए ।

पाटी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले धरानको समृद्धिका लागि आफू काम गर्न तयार रहेको बताए । धराने जनताको सारथि हुने चाहनाले आफूले मेयरको उम्मेदवारी दिएकाले एक पटक धरानका लागि काम गर्न मौका दिन आग्रह गरे । उनले उपनिर्वाचन कांग्रेसको चाहन नभएको तर नेकपाको अदूरदर्शी निर्यणका कारण पुनः निवार्चनमा जानुपरेको बताए । भष्ट्राचारबाट लिप्त नेकपाको सरकारलाई कारवाही स्वरुप परिवर्तनको पक्षमा मत हाल्न समेत आग्रह उनले गरेका छन् ।

धरान उपमहानगरपालिका–१७ पटनालीमा नेपाल कम्युनिस्ट पार्टीसहित अन्य पार्टी परित्याग गरी ३० जना कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको चुनावी प्रचारप्रसार अन्तर्गत सोमवार आयोजित कोणसभामा भोला तामाङ, चित्रकुमार राई, अनिलकुमार राई ‘रबिन’ सप्तमान राई, मेनुका राई, सबिना राई, सीता बान्तवा, जितबहादुर बुढाथोकी, अबिशेक राई, फुलमाया तामाङ, सुभद्रा राई, रञ्जनी राई, सम्बरबहादुर तामाङ, लक्ष्मी राई, अन्नत तामाङ, दिपा राई, उत्तम बिक, बिनिता राई, जितबहादुर राई, गौमाया विक, पन्थीरानी राई, मणिकुमार राई, ऋषि राई, विशाल राई, राज राई, रामलाल राई, उमेश राई, श्रवण राई र खेमकुमार राई लगायत प्रवेश गरेका हुन् ।

नवप्रवेशी कार्यकर्तालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले फूलमाला अबिर लगाएर प्रवेश गराएका छन् ।