प्रधानमन्त्री ओलीको उपचारमै सकियो आधा अर्ब

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, कार्तिक १५, २०७६

नेपाटप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भइरहन्छन् । १२ बर्ष अघि मृगौला प्रत्यारोपण गरेका उनी नियमित औषधी सेवन गर्छन् । साथै बेला–बेला अस्पताल भर्ना हुन्छन् ।

बिहिबार साँझ मात्रै उनी ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार विहान अस्पताल भर्ना भएका उनको दुई पटक डायलोसिस गरिएको छ । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरेको १२ वर्ष बितिसकेको छ । चिकित्सकहरूले पुनः प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने सल्लाह दिँदै आएका छन् । तर, उमेरका कारण तत्काल सम्भव नभएको बताइएको छ ।

नेपाल लाइफ

सम्भवतः ओली संसारकै सबैभन्दा धेरैचोटि हस्पिटल भर्ना हुने प्रधानमन्त्रीमा पर्छन् । पदमै रहेकै बेला उनी दर्जनौपटक अस्पताल भर्ना भइसकेका छन् । केही समयअघि उनी १५ दिनको फरकमा दुईचोटि सिंगापुर उपचारका लागि गएका थिए । त्यसबेला उनको उपचारमा २० करोडभन्दा बढी खर्च लागेको बताइएको छ । तर, सिंगापुरमा प्रधानमन्त्रीको उपचारका लागि कति खर्च भयो र त्यो बिल कसले तिर्यो भन्ने कुरा गोप्य नै राखिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको उपचारमा हालसम्म आधा अर्ब भन्दा बढी सकिइसकेको छ । ओली कहिले ज्वरो आउने, कहिले पखाला लाग्ने, कहिले मृगौलाका कारण शरिरका अन्य भागमा संक्रमण हुने लगायतका समस्याबाट पिडित छन् ।