Media Dabali

मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/२३ गते
२२६ पटक
ncellकाठमाडौं, २३ कात्तिक ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल स्वच्छ छबि र राम्रो आचरण भएका व्यक्तिमा गनिन्छ, जसका कारण उनको चारैतिरबाट वाहवाही आइरहेका छन् । त्यसमाथी अहिले आएर सामाजिक सञ्जालमा उनको थप प्रचार प्रसार भइरहेका छन् । कारण थियो ठूलै विवादमा फस्दै गइरहेको विदेशी लगानीको दूरसञ्चार प्रदायक कम्पनी एनसेल ।

पूर्वमुख्यसचिवसमेत रहेका पौडेलले पछिल्लो समयमा आएर सामाजिक सञ्चाल ट्वीटरमा प्रदायक कम्पनी एनसेलले लाभकर आठ सय ८० करोड रुपैयाँ नभएर ५३ देखि ५४ अर्ब रुपैयाँसम्म भएको दाबी गरेका छन् ।

राजदूत पौडेलले स्टाटसमार्फत यो कुरालाई इङ्गित गरेका छन् की, कर तिर्नु सबैको दायित्व हो । त्यसैले एनसेलले पूरै लाभकर तिर्नुपर्ने उनको जोडदार मागसमेत रहेको छ । राजदूत पौडेल अगाडि लेख्छन्, ‘कुरा आठ सय ८० रुपैयाँको मात्र होइन, पूरै ५३ देखि ५४ अर्ब रुपैयाँको हो ।’ त्यसैले एनसेलले आफ्नो लाभकर तिर्न आनाकानी वा अटेर गरेको खण्डमा नागरिकस्तरबाट पूर्ण रूपमा बहिष्कार गर्नुपर्ने अवस्था नआउला भन्न नसकिने उनले प्रष्ट पारेका छन् । यो विषयमा आफूलगायत पूर्वमुख्यसचिव बिमल कोइराला, रामेश्वर खनालसमेत जानकार रहेको उनले स्पष्ट पारेका छन् ।
leelamani-paudel-status
एनसेलको पूरै लाभकर असुल्नुपर्नेमा जोड दिँदै राजदूत पौडेलले कर अधिकारीहरूले एउटै व्यावसायमा एउटालाई कर लाग्ने र अर्कोलाई नलाग्ने गरेर दुनियाँसमेत हँसाइरहेको बताएका छन् ।

यसका लागि राजदूत पौडेलले नागरिक दबाबसमेत अनिवार्य रहेकोमा जोड दिँदै यो कार्यमा सबै नागरिकले एकताबद्ध भएर आवाज उठाउनेमा आफू विश्वस्त रहेको स्टाटसमार्फत उल्लेख गरेका छन् ।

छुटाउनु भयाे की ?

एनसेल काण्ड : ‘तैँ चुप मै चुप’
(अपरेशन नम्बर १)

प्रतिकृया दिनुहोस्
Loading...