बैंकिङ कसुरको अभियोग लागेका व्यक्ति सिनर्जी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (अपरेशन नम्बर १) — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/२१ गते
    ४५३ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौं, २१ कार्तिक ।

    बैंकिङ कसुरको अभियोगमा जेल परिसकेका व्यक्ति सिनर्जी फाइनान्समा अहिले प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत रहेको खुलासा भएको छ ।

    सिनर्जी फाइनान्स कम्पनीमा हाल प्रमुख कार्यकारी अधिकृतको पदमा रहेका बिनित मणि उपाध्याय विगतमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा जेल परेका व्यक्ति थिए ।

    घोटाला
    तत्कालीन वल्र्ड मर्चेन्ट फाइनान्समा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दुबै पदमा रहेका उपाध्याय उक्त फाइनान्स घोटाला प्रकरणमा पक्राउ परेर जेलसमेत बसेका थिए ।

    वल्र्ड मर्चेन्ट फाइनान्समा कार्यरत रहँदा उपाध्याय, ज्ञानेन्द्र श्रेष्ठ र सोही फाइनान्सका पूर्वप्रमुख कार्यकारी अधिकृत रञ्जित कोइरालासमेतले आठ करोड रुपैयाँभन्दा बढी घोटाला गरी बैकिङ कसुर गरेको अभियोग लागेको थियो । अभियोग लागेका कोइरालाले घटना सार्वजनिक भएलगत्तै देश छाडेका थिए । तत्पपश्चात् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वल्र्ड मर्चेन्ट प्रमुख कार्यकारी उपाध्याय र श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको थियो ।

    बैंकिङ काण्ड जसले दुबई भगायो
    केही समय सीआइबीको हिरासतमा बसेका उपाध्याय अदालतले मागेको धरौटी बुझाएर रिहा भएका थिए । उक्त घटनापश्चात् बैंकिङ क्षेत्रबाट पलायन भएका उपाध्याय केही समय दुबईमा गएर समेत बसेका थिए । नेपाल फर्केलगत्तै फाइनान्सको वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धतासहित सिनर्जीको सञ्चालक समितिलाई प्रभावमा पारेर फाइनान्स प्रवेश गरेका उपाध्याय अहिले पनि सिनर्जीलाई धराशायी बनाउने गम्भीर खेलमा लागेको श्रोतको दाबी रहेको छ ।

    श्रोतकाअनुसार
    उपाध्यायले फाइनान्समा प्रमुख कार्यकारीको रूपमा आउँदा कम सेवा सुविधा लिएर भए पनि आफूले जुनसुकै हालतमा पनि संस्थाको सिङ्गो वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर जिम्मेवारी सम्हालेसँगै उनले फाइनान्सको चरम रूपमा श्रोत र साधनको दुरूपयोय गर्न थाले । फाइनान्सको नाममा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दा तथा खराब कर्जा उठाउने नाममा ब्याज छुट दिनेलगायतका विभिन्न नाममा लाखौँ रुपैयाँ कमिसन खाने गरेका छन् ।

    वित्तीय क्षेत्रमा निकै नै चलाख र धुर्तसमेत मानिँदै आएका उपाध्यायले सम्पत्ति बिक्री प्रकरणमा खरिदकर्ताहरूलाई कम मूल्यमा टेण्डर हाल्न लगाई स्वीकृत गर्ने, बचेको फाइदा आएको रकम घुमाउरो रूपमा आफूले लिने गरेका छन् ।

    आम्दानी बढेका कारण गाडी पनि नयाँ खरिद गरेको हुन सक्ने श्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्