Media Dabali

  • Ad
  • तसलिमा नसरिन प्रकाशित : २०७३/७/१७ गते
    ४३८२ पटक
    487-0-f12fb47966fdd36759ca6456306ad605काठमाडौँ

    त्यो रात मैले रुद्रसँग बिताउनै पर्ने भयो । यो रुद्रको माग, आदेश, आग्रह, इच्छा, सबै थियो । रुद्रले भन्यो, ‘आज तिमी मलाई सम्पूर्ण रूपमा चाहिन्छ ।’ ‘सम्पूर्ण भन्नाले।’ ‘‘सम्पूर्ण भनेको सम्पूर्ण । पछिका लागि केही बाँकी नराखी ।’ यसको अर्थ बुझेर मेरो मुटु हल्लियो। मैले गलत त गरिरहेको छैन भनेर आफूलाई आश्वस्त पार्न खोजेँ ।

    मयमन सिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । ‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सान्दाइको कोठाबाट हिँडेँ ।

    र, सीधै रुद्रको कोठा गएँ। तर, रुद्र खुसी भएन । खुसीमा उफ्रिनु वा पीडामा आँसु झार्नु रुद्रका लागि असम्भवप्रायः थियो । शिरदेखि पाउसम्म ऊ रूखको ठुटोजस्तै थियो । ऊ आफ्ना अनुभूति बाहिर देखाउँदैनथ्यो । रुद्रले मलाई साडी लगाउन दियो । सेतो साडीमा स–साना फूलका बुट्टा थिए । पेटीकोट र ब्लाउज पनि साडीसँग मिल्ने थिए । रुद्रकी बहिनी विठीले छानेकी थिई यो साडी । रुद्र आफैँले मलाई साडी छानेर कहिल्यै दिएको थिएन ।

    पहिले उसले दिएको हरियो सुती साडी पनि उसकी साथी मुक्तिलाई छान्न लगाएको थियो । मचाहिँ रुद्रलाई जन्मदिनमा दिने उपहार आफैँ छानेर किन्थेँ । कुन रङको सर्टसँग कुन रङको पेन्ट मिल्छ, म आफैँ छान्थेँ । अरूलाई साडी छान्न लगाउँदा रुद्र मेरो रूपरंगबारेमा भन्ने गर्थ्यो, अलि कालीखालको केटीलाई जुन सुहाउँछ, त्यही ।’ रुद्रले मुक्ति र विठी दुवैलाई हाम्रो गुप्त बिहेबारेमा भनेको रहेछ । त्यो रात उसले मलाई चाइनिज रेस्टुरेन्ट लिएर गयो। खाना खाएर हामी फर्कियौँ। मैले हाम्रो बिहेबारेमा कसैलाई बताएकी थिइनँ । रुद्रचाहिँ बिस्तारै सबै मान्छेलाई बताउन थालिसकेको थियो ।

    त्यो रात मैले रुद्रकोमा बस्नुपर्ने भयो । तर, मैले जानुपर्ने थियो । सान्दाइलाई एक घन्टामा आउँछु भनेर हिँडेकी थिएँ । सान्दाइकोमा जान खोज्दा रुद्रले भन्यो, दाइकोमा जाने कुरा नगर । तिमी मेरी श्रीमती हौ । यही नै तिम्रो सबभन्दा ठूलो परिचय हो ।’ ‘तर, यो परिचयले म अहिले बाँचेको जिन्दगी बाँच्न सक्दिनँ ।’ ‘तिमी अवश्य सक्छौ ।’ ‘तर, मैले सान्दाइलाई आफू झुनू सानिमाकोमा थिएँ भनेर झुट बोल्नुपर्छ ।’ ‘त्यसो भए पीर नगर । म झुनू सानिमालाई कुरो मिलाउन आग्रह गर्छु ।’

    ‘तर, सानिमा माल्लिन् र ?’ ‘किन नमान्नु र मैले सकेको गर्छु ।’ त्यो रात मैले रुद्रसँग बिताउनै पर्ने भयो । यो रुद्रको माग, आदेश, आग्रह, इच्छा, सबै थियो । रुद्रले भन्यो, ‘आज तिमी मलाई सम्पूर्ण रूपमा चाहिन्छ ।’ ‘सम्पूर्ण भन्नाले।’ ‘‘सम्पूर्ण भनेको सम्पूर्ण । पछिका लागि केही बाँकी नराखी ।’ यसको अर्थ बुझेर मेरो मुटु हल्लियो । मैले गलत गरिरहेको छैन भनेर आफूलाई आश्वस्त पार्न खोजेँ । वैधानिक रूपमै म आफ्नो लोग्नेसँग रात बिताउन गइरहेकी थिएँ ।

    मेरै उमेरकी हसिना त त्यसो गर्न सक्छे भने मचाहिँ किन सक्दिनँ त ? मेरै कक्षाकी मन्दिराले पनि सहपाठी सौकतसँग गोप्य बिहे गरेकी थिई । ऊ पनि सौकतको कोठामा गएर रात बिताउँछे भन्ने हल्ला चलेको थियो । अन्त्यमा त्यो रात आयो । रुद्रले मलाई उसको कोठामा लग्यो । सर्ट, पाइन्ट खोलेर लुंगी मात्रै बेर्‍यो र बत्ती निभायो । त्यसपछि मलाई बोकेर ओछयानमा लगेर पल्टायो । म मनमनै भनिरहेकी थिएँ, ‘अब तेरो बिहे भइसक्यो । बिहेपछि लोग्नेसँग सुत्नुपर्छ । तैँले सुत्नैपर्छ । सबै केटीको नियति यही हो ।’ सडक–बत्तीको उज्यालो झयालबाट भित्र पसिरहेको थियो ।

    मलाई त्यो उज्यालो चन्द्रमाको प्रकाशजस्तो लाग्यो । म रुद्रलाई माया गर्थें । ऊ मेरो लोग्ने थियो । रुद्रतिर ढाड फर्काएर एकैपोको परेर पल्टिएँ म । मेरो गुडुल्किएको शरीरलाई रुद्रले आफूतिर तान्यो । म होइन, खाली मेरो प्राणविहीन शरीरमात्र रुद्रको अँगालोमा बेरियो । मेरा हात छातीमा लपक्कै टाँसिए। रुद्रले निकै बल गरेर छातीबाट मेरो हात हटायो । म काँपिरहेकी थिएँ । रुदले मेरो ओठमा गहिरो चुम्बन गर्‍यो । मेरो ओठ बाक्लो र गह्रौँ भएजस्तो लाग्यो ।

    नचाहँदा–नचाहँदै पनि म रुद्रलाई जोडजोडले धकेलिरहेको थिएँ । रुद्रले एक हातले मेरो ब्लाउजको टाँक खोल्यो । उसको ओसिलो जिब्रो मेरो छातीमा चलमलाउन थाल्यो । अस्तव्यस्त साडीमा अल्भिएर म उसको अँगालोमा निस्सासिरहेँ । ‘हेर केटी, आफ्नो लोग्नेले भनेअनुसार गर । खुट्टा फाडेर राख । यही नै त हो तरिका ’ मैले आफूलाई बारम्बार यसो भनिरहेँ । त्यसपछि मैले पूरै शरीर छाडिदिएँ । आँखा चिम्लँदै म आफू त्यहाँ नभएको परिकल्पना गरेँ । ‘यो मेरो शरीर होइन । यहाँ जे–जस्तो अश्लील काम भइरहेको छ, त्यसमा म पटक्कै संलग्न छैन। यो म होइन। यो अरू कसैको शरीर हो,’ म यस्तै–यस्तै सोचिरहेकी थिएँ । त्यसपछि रुद्र ममाथि उक्लियो । अब मेरो आँखामात्रै होइन, सासै बन्द भयो । तैपनि, यसलाई मैले आफ्नै लोग्नेले गरेको स्वाभाविक प्रक्रिया भनेर चित्त बुझाउन खोजेँ । तर, मेरो यो मनचिन्ते विचारको प्रक्रियालाई तोडेर घाँटीबाट चिच्चाहट निस्कियो ।

    रुद्रले दुवै हातले मेरो मुख बन्द गरिदियो । मलाई असहय पीडा भयो । रातभर रुद्रले हरेक तरिका अपनायो । सामान्य रूपमा अपनाइने सबै विधि अपनायो, तर हरेकपटक रातलाई चिर्दै ऐआ मरेँ भनेर म चिच्चाउन छाडिनँ । प्रत्येकपटक मेरो चित्कारलाई रोक्न रुद्रले मेरो मुख थुन्नु पर्‍यो । जब यो कहालिलाग्दो रात सकियो, थकित मैले साडी फेरेर कुर्ता–सुरुवाल लगाउँदै भनेँ, ‘म जान्छु ।’ मुन्टो निहुर्‍याउँदै आँखा झुकाउँदै मेरो बेकामे शरीर लिएर म टाढा जान चाहन्थेँ । रातको डर, लाज र घिनले बिहान पनि मलाई छाडेन । अपराधबोध पनि भयो मलाई । रुद्र मलाई ‘रुद्र’ जस्तै लाग्यो ।

    मेरो लोग्नेजस्तो कति पनि लागेन । घर छिर्ने वेला बाटोमा उसले भन्यो, ‘राति नाटक नगरेकी भए राम्रो हुन्थ्यो ।’ त्यसबाहेक उसले केही भनेन । न त मैले नै केही भनेँ । म रातिको घटनालाई सम्भिएर चुपचाप बसेँ । त्यो सबको साटो बरु रातभरि पढेर, गफ गरेर, कविता वाचन गरेर वा निश्चल चुम्बनमात्रै गरेर बसेको भए ? बिहान सान्दाइको कोठामा पुगेर मैले काँपेको स्वरमा भने, ‘म झुनू सानिमाको कोठामा रोकेया हलमा थिएँ ।’ ‘झुनू सानिमा आजकल त्यहाँ बस्दिनन्,’ सान्दाइले भन्नुभयो । बिहेपछि सानिमाका बूढाबूढीले विश्वविद्यालयकै घरमा एउटा कोठा भाडा लिएर बस्न थालेको सान्दाइलाई थाहा थियो । ‘हिजो त्यहाँ आएकी थिइन् ।’ ‘अझै कोठा छाडेकी रहिनछन् ?’ ‘अहँ ।’ ‘हँ, अनि तेरो साथीलाई भेटिस् त ?’ ‘अँ भेटेँ ।’ ‘नाम के हो त्यसको ?’ ‘नदिरा ।’ ‘रामकृष्ण मिसन रोडकी केटी होइन त्यो ?’ ‘हो ।’ ‘अनि त्यो त जहाँगिर नगरमा पढ्छे भनेकी हैन र तैँले ?’ ‘हिजो ऊ पनि आश्मालाई भेट्न रोकेया हल आएकी थिई । ऊ पनि राति त्यहीँ बसी ।’ ‘को आश्मा ? हासिमुद्दिनकी छोरी ?’ ‘हो ।’

    ‘ऊ पनि ढाका विश्वविद्यालयमा पढ्छे ?’ ‘अँ, हो ।’ ‘तँ त तेरो सर्टिफिकेट लिन आएकी होइन ?’ ‘अँ लिन्छु ।’ त्यसपछि म सरासर भित्र गएँ र ओछयानमा पल्टिएर रातिको डरलाग्दो त्रासदी सम्भिmएँ । त्यो रात मैले नाटक गरेको भन्यो रुद्रले । के त्यो स्वाङ थियो त रु आफ्नो स्वाभिमानमा चोट लागेको महसुस भयो मलाई । म बिस्तारै रोएँ । मेरो पूरै जिउ थिलथिल भयो ।

    मानौंँ म भर्खरै सिंहको ओडारबाट फर्किएकी हुँ । हिँड्दा पनि कम्मर दुख्न थाल्यो । पीडाले गर्दा मैले राम्रोसँग पिसाब फेर्न पनि सकिनँ । आफ्नोे स्तन पनि ढुंगाको थुप्रोजस्तो लाग्यो । उसको चुम्बनको दाग बिस्तारै हरायो । मैले बिहेको कागजातमा सही गरेदेखि नै रुद्रले एकरात सँगै बिताउने कुरा गरिरहेको थियो । तर, बिहेभन्दा अगाडि पनि उसले मलाई कम गिजोलेको थिएन । प्रत्येकपटक भेट्दाखेरी रुद्र मलाई चुम्बन गर्न र छातीमा हात राख्न झम्टिहाल्थ्यो । तर, मैले आफूलाई बचाउन सकेकी थिएँ । मसुदको घरमा हामीलाई बस्न दिइएन । यही कारणले रुद्र मसँग निकै समय रुष्ट भएको थियो । मसँग एकरात बिताउनु उसका लागि किन यति अमूल्य ? हो ? मैले कहिल्यै बुझ्न सकेकी थिइनँ । मैले उसलाई प्रतीक्षा गर्न आग्रह पनि गरेकी थिएँ । पर्खाइको पीडाको प्रतिफल पनि राम्रै हुन्थ्यो होला ।

    तर, रुद्र पर्खिनेवाला थिएन । पर्खाइमा मजा छैन भन्थ्यो ऊ । म ‘आऊ, माया गरौँ’ भन्थेँ, ऊ ‘आऊ, सुतौँ’ भन्थ्यो । रुद्र भोको भिखारीको व्यवहार गथ्र्यो । ऊ सबै कुरो आजै चाहन्थ्यो, अहिल्यै चाहन्थ्यो । मयमनसिंह आउँदा ऊ एकान्तखालको प्राइभेट कोठाको खोजीमा बौलाहाझैँ लाग्थ्यो । मैले खोज्न सक्ने स्थिति थिएन । तर पनि ऊ मसँग रिसाउँथ्यो । कुनै पनि हालतमा ऊ मसँग एकरात बिताउन चाहन्थ्यो । यसरी एकरात बिताइयो, त्रासदीपूर्ण रात । मेरो जीवनमा यस्तो होला भन्ने सोचेकै थिइनँ । मेरो मन दुख्यो । रुद्रलाई धकेलेर हुत्याउन चाहेकी थिएँ । तर, त्यसो गर्न सकिनँ । म अपांगसरी भएँ । त्यही कागजको अगाडि म हारेँ । त्यस हस्ताक्षरको अगाडि म पराजित भएँ । किनभने, त्यही हस्ताक्षरको मतलब नै विवाह थियो । तर, म रुद्रलाई माया गर्थें । मैले सोचेँ–मेरो सोच र विचारले मलाई एकैसेकेन्ड पनि चैनपूर्वक बस्न दिएन । मैले सान्दाइसँग झुट बोलेँ ।

    सान्दाइले म सानिमासँगै सुतेकी होली भन्ने पत्याउनुभयो होला । तर, सान्दाइले के सोच्नुभयो होला, कसलाई थाहा ? तर, उहाँ मलाई आफ्नो आँखाबाट ओझेल पार्न चाहनुहुन्नथ्यो । त्यतिमात्रै होइन, मेरो साथीसँग भेट्न पनि मलाई एक्लै पठाउनुहुन्नथ्यो । सान्दाइले भोलिपल्ट मलाई आफै रजिष्ट्रारको कार्यालय लगेर सर्टिफिकेट निकालिदिनुभयो ।

    दुई दिनपछाडि फेरि उहाँले मलाई मयमनसिंह ल्याएर छाडिदिनुभयो । रुद्रले पछि मलाई भन्यो, ‘‘तिमी मलाई पूरा विश्वास गर्दिनौ । तिम्रो मनमा अझै शंका छ ।’ उसका कुरा सुनेर मलाई साह्रै दुःख लाग्यो । मैले म उसलाई माया र विश्वास गर्छु भनेँ । मायामा सबैभन्दा ठूलो आवश्यकता विश्वासको हो । यो विश्वासको डोरी अलिकति कमजोर भयो भने माया गरिँदैन । मनमात्र पराइन्छ । रुद्रले एउटा चिट्ठीमा लेखेको थियो, ‘के म त्यस्तो अभागी हो, जसले सबै कुरा बलजफ्ती ठीक पार्नुपर्छ ?’ यस घटनाको वर्ष दिनपछाडि रुद्रले लेख्यो, ‘प्यारी अर्धाङ्गिनी, त्यस रात के भयो थाहा छ तिमीलाई ? पहिलोपटक तिमीलाई साडीमा देख्दा तिमीलाई एकदम भिन्न पाएँ ।

    नयाँ मान्छेजस्तै । विगतमा मैले तिम्रो अरू नै चीज मन पराएको थिएँ । तर, यो पटक फरक छ । एकदमै अन्जानखालको आनन्द ! हाम्रो प्रेम नै भर्खर सुरु भएझैँ लाग्यो । यस्तो लाग्यो ‘पहिले रिहर्सलमात्र थियो । आजचाहिँ रंगमञ्चमा मञ्चन गर्दै छौँ । विगत डेढ वर्षमा रुद्र दुई–तीन महिनाको अन्तरालमा मयमनसिंह आइरहयो । मैले उसलाई सम्बोधन नगरेकाले रिसले गर्दा उसले पनि मलाई सम्बोधन नगरीकन पत्र पठायो । हाम्रो समय प्रेस क्लबको क्यान्टिनमा बित्थ्यो । क्यान्टिनबाट निस्कनुपर्दा हामी उपयुक्त स्थानको खोजीमा यताउति भौँतारिन्थ्यौँ । तर, सदाझैँ ठाउँ पाउन मेरा लागि असम्भव थियो । रुद्रको अनुरोधमा मैले साडी लगाएर उसलाई भेट्न गएँ ।

    मलाई साडी लगाउन राम्रोसँग आउँदैनथ्यो । यास्मिनको सहयोगमा आमाको साडी लगाएर म साथीको जन्मदिन छ भनेर घरबाट हिँडेँ । त्यो दिन अलि एकान्तको फाइदा उठाउँदै रुद्रले मलाई दुई–तीनपटक चुम्बन गर्‍यो र छातीमा हात मुसार्न भ्यायो । घर फर्किएर उसले लेखेको चिट्ठी यस्तो थियो ‘तिमी आफैँलाई देखेर हाँसिरहेकी हौली, हैन त ? वास्तवमा मलाई पनि हाम्रो प्रेम भर्खर सुरु भएझैँ लाग्यो । यत्रो वर्षसम्म हामीले एक–अर्कालाई खालि स्पर्शमात्र गरेका थियौँ ।

    आज एक–अर्काको शरीरको ‘पनि महसुस गर्‍यौँ । एक–अर्काको मुटुको धड्कन सुन्यौँ । आज यस्तो लाग्यो, म कहिल्यै पनि यति सन्तुष्ट भएर तिमीसँग छुट्टिएको थिइनँ । तिमी बिस्तारै अनौपचारिक भएर खुल्न थाल्यौ । अब म नौलो संसारलाई चिन्न सक्ने भएझैँ लाग्यो । अब तिमी अझ बढी स्वभाविक भएर खुल्नेछौ, अझ स्वतन्त्र हुनेछौ । हाम्रोभन्दा राम्रो प्रेमको घर अरु कसैको हुने छैन ।

    तिमी हेरी मात्र राख मेरी प्रिय लक्ष्मी, अब मलाई अलिकति माया गर । हैन–हैन, त्यतातिर मुन्टो नबटार न, मेरा आँखामा हेर त, लजाउनुपर्ने कुरा के छ र ? तिमीले पहिलेदेखि नै चिनेकै मान्छे त हुँ नि म । यी आँखा, यी परेली, यो निधार, यो मुहार र शरीरलाई तिमीले थुप्रैपटक स्पर्श गरेकी छौ । अनि किन लजाउनु ? मलाई चुम्बन गर, आऊ मलाई माया गर । बिस्तारै–बिस्तारै म आफूलाई नियन्त्रण गर्छु ।

    यदि यही तरिकाले तिमीले मलाई अलि–अलि माया दिन थाल्यौ भने तिमीले देख्नेछौ( म कसरी तिम्रो चाहना बन्नेछु अर्थात् तिमी मेरी बन्नेछौ । वास्तवमा माया भनेको दुई मुटु एक हुनु त हो नि, मलाई सडकमा उभिएर सबैलाई चिच्याउँदै सुनाउन मन छ, ए मान्छे सबैजना सुन ।

    मैले माया गर्ने मान्छे भेट्टाएँ । हामी एकै भयौँ । राम्ररी बस प्रिय। मेरो जीवन, आफ्नो ख्याल गर । तिम्रो रुद्र । ‘वाइल्ड विन्ड’ नामक पुस्तकबाट साभार –नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page