Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/१२ गते
    ८१२ पटक
    model-arrest एजेन्सी, काठमाडौं ।

    क हाइ प्रोफाइल मोडललाई बेश्यावृत्तिमा लागेको आरोपमा पक्राउ गरिएको छ ।

    रिपोर्टहरुकाअनुसार गिरफ्तारपछि ती मोडललाई मोहम्मद बाडीस्थित महिला वेलफेयर सेन्टरमा पठाइएको छ ।

    बताइएअनुसार मोडल मुम्बईको एक हाइ प्रोफाइल सेक्स ¥याकेटमा लिप्त रहेकी थिइन । उनलाई सेवाका लागि ५० हजार रुपैयाँ दिइने गरेको थियो ।

    पुलिसकाअनुसार कृष्णा नामको एजेण्टलाई गिरफ्तार गरिएको छ । जसले भुपालकी स्थायी बासिन्दा एक मोडल दुई दिनदेखि वेश्वावृत्तिमा लिप्त रहेको खुलासा गरेका थिए ।

    यसपछि पुलिसले आफ्ना एक ब्यक्तिलाई ग्राहक बनाएर फाइभ स्टार होटलमाको कोठा नं. ३०९ मा पठायो, जहाँबाट कृष्णाका सहयोगी विपुल दहललाई पक्राउ गरियो । असमका बासिन्दा विपुल १६ हजार रुपैयाँका साथ पक्राउ परेका थिए ।

    पुलिसकाअनुसार पक्राउ परेकी मोडल मोडलिङ सँगसँगै फिल्म र विज्ञापनमा समेत काम गरिसकेकी छिन् । उक्त मोडलले यसअघि पाकिस्तानका पूर्व कप्तानकी गर्लफ्रेण्ड भनेर चर्चा बटुलेको पनि भारतीय मिडियाहरुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page