Media Dabali

  • Ad
  • एक दर्जनाक पिडा, पाठक भन्छिन ‘सुत्केरी भएको १६ औं दिनमै घरबाट निकालिए’

    सगै बाच्ने कसम खाएर मेरो माइती घरबाट निक्लेको श्रीमान मौन

    मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/६ गते
    ७१७ पटक
    4d2aebb348fa17a2ec29363b95d2a93fधादिङ

    म (तोला कुमारी पाठक) लाई परम्परा अनुसार २०५७ वैशाख ७ गते समाज साक्षी राखेर वनस्थली निवासी प्रकाश दाहालको साथ लगाएर घरबाट निकालिदा आंशिक पिडा थियो । अव पराई घर-परिवारलाई आफ्नो बनाउनु पर्दछ भन्ने सहज महशुस गरेको र स्वीकार गरेको थिए ।

    जव म २०५८ साउन २६ गते सुत्केरी भएको १६ औ दिन घरबाट निकालिएको त्यो कालो दिन सम्झदाँ काहाली लाग्छ । अहिले जस्तो परिपक्को, ज्ञानसीप, समाजसंगको सम्वन्ध, सुचना प्रविधि र प्रशासनिक तथा कानूनी कुरा केही थाहा दिएन । अन्जान नै थिए ।

    सन्तती पाएर आमा हुने पक्का भएदेखि नै मनमनै खुशिले गदगद थिए । गर्भ रहेको १० महिना मेरा लागी खासै लामो समय लागेन । मलाई लागिरहेको थियौ, बच्चा जन्माउन दिन कहिले आउला र परिवारमा थप खुशी दिउँला । मलै बच्चा जन्माउन १३ दिन वाँकी रहे छ । मेरा परिवारमा ठुलो वज्रपात पर्यो ।

    मोटर दुर्घटनामा परी ससुरा भीम प्रसाद दहाल र बुढा ससुरा होम प्रसाद दहालको मृत्यु भयो । काजक्रिया सक्ने १३ औ दिनको दिन सुत्केरी व्यथाले सहन नसकि बच्चा पैदा गर्न पाटल अस्पताल भर्ना भए, बच्चा सकुशल पैदा गरे । त्यो दिन नै मेरो लागि अस्मरणीय रहयो ।

    जव म अस्पतालबाट घर फर्के । परिवारलाई अभिभावक गुमाउँदा पिडा हुँदाहुदैं पनि मैले छोरा पाँउदा केही खुशी होला सोचेको थिए । तर त्यो भएन । सासु दिलमाया दहालले नातीलाई हजुरवुवा टोकुवा भन्दै मलाई सुत्केरी अवस्थामा सामान्य महिलालाई दिनु पर्ने पोषण युक्त खानाको त के कुरा माया र सदभाव समेत नदिई अलक्षिनाको संज्ञा दिदै गालीगौज गर्दै सुत्केरी भएको १६ औ दिनको दिन घरबाट निकाली दिए ।

    समाज र अग्नी साक्षी राखेर सगै बाच्ने कसम खाएर मेरो माइती घरबाट निक्लेको श्रीमान मौन रहेर उनका आमालाई समर्थन गर्न पुगेपछि मेरो त्यो घरमा कोहि नै रहयोे र ? । मसंगै संगालिएर रहेका आशुको  साथ छोरा लिएर त्यो घरबाट विदा लिए ।

    म फर्के २०३८ साल असार २८ गते जुनघरमा जन्मेको दिए, जसले मलाई जन्म दिएको र पालन पोषण गरेर स्कुल तहको शिक्षा दिएका थिए । ज्यामरुङ गाँउ विकास समिति वडा नं.६ निवासी पिता वेद प्रसाद पाठक र माता कुसुमको घरमा । त्यही सालको दशैमा श्रीमान मेरो माइती आए । मलाई लागेको थियो लिन आए । उसले मलाई र परिवारलाई उल्टै हप्काउदैं भने मेरा घरमा कहिल्यै नआउनु । निकालिएको घरमा नआउनु भनेपछि जाने कुरै भएन । केही वर्ष माइतघर बसे ।

    जुन वेला राज्य पक्ष र विद्रोही नेकपा माओवादी विचको द्वन्द्ध चरम उत्र्कषमा पुगेको थियो । त्यो वेला वुवालाई पसलको काममा सघाउथे । जव २०६२ सालमा गैरसरकारी संस्था महासंघ धादिङ शाखामा मानव वेचविखन विरुद्धको अभियानमा २७ सय तलवमा काम गरे । त्यती वेलै थाहा पाए कि आफु मानव भएको । वर्ष त्यही सामुदायिक उत्थान पद्धतिका लागि मञ्च (फोकस) नेपालमा स्वीस सरकारको सहयोगमा हेलभेटास नेपालको दिगो भु–व्यवस्थापन कार्यक्रममा काम मौका पाए ।

    काममा लैगिंक सहभागिता र विभेदका कुरा सिक्दै सिकाउदै गए । त्यती वेलादेखि नै जिल्ला सदरमुकाम धादिङवेशीमा बस्दै आएको छु । आफ्नो शैशिक योग्यता बढाउनका लागि कक्षा ११ मा भर्ना भए । सगै छोरा गौरवलाई पनि स्कुल पठाउन शुरु गरे । २०६२ साल मै पालन पोषण तथा भरण पोषण माग्दै श्रीमान विरुद्ध मुद्दा गरे । अन्तिममा सम्वन्ध विच्छेदको शाव्दिक अर्थ नबुझिकन सम्वन्ध विच्छेद गरियो । कानूनको विषयमा जानकारी नै थिएन ।

    छोरा गौरव अहिले प्राइभेट स्कुलमा कक्षा १० मा पढदै छ ।  मैले समाजशात्र र कानून शात्रमा स्नातक उत्र्तिण गरेको छु । यस वीचमा विभिन्न गैरसरकारी संस्थाहरुमा काम गरेर आफ्नो खर्च चलाउदै आएको छु । मैले जस्तै कानूनले आफ्नो पक्षमा के व्यवस्था गरेको छ  भनी थाहा नै नपाई न्याय गुमाउन नपराेस भनेर गौरव ल फर्म खोलेर जिल्ला अदालत धादिङमा वकालत गर्दै आएको छु । मेरो इच्छा महिला तथा वालवालिकाको पक्षामा वकालत गर्ने रहेको छ ।

    मेरो दृढ विश्वास, साहस, लगनशीलता र प्रगति देखेर होला पूर्व श्रीमान प्रकाश नजिकिने कोशीश गर्दैछन् । जव म वकाल पेशा गर्न अदालत जान थाले । उनी पूर्नमिलनको प्रस्ताव सहित मेरै कोठामा दुई रात बसेकाछन् । म तत्कालै पूर्नमिलन गर्ने पक्षमा छैन ।

    प्रतिकृया दिनुहोस्
    Loading...