Media Dabali

  • Ad
  • राजेश मिश्र प्रकाशित : २०७३/७/५ गते
    ३२९७ पटक
    mishra

    सन् १९९५ ताकाको कुरा हो । एकजना थिए, प्रकाश टिवडेवाल । जन्मले मारवाडी थिए, तर कर्मले उनी जे पनि हुन सक्थे । उनलाई मारवाडीले गर्ने पारम्परिक ब्यापार भन्दा अलग शैलीको काम गर्ने चस्का पस्ने गथ्र्यो ।

    एकपटक उनले अरु सब छोडेर ढुंगामा फोटो छाप्ने प्रविधि भित्र्याएर आफना समकालीन मारवाडी हरुलाई हँसाए । हाँस्ने मध्ये एकजना गैरमारवाडी पनि थिए, प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाका तत्कालीन प्रेस सल्लाहकार जयप्रकाश गुप्ता । उनले एक साँझ मलाई भने, ‘अब यो डुब्छ, मारवाडी कलाकार भएर कसरी ब्यापार गर्ला ? ’

    नभन्दै, जेपीले भनेजस्तै, ‘ढुंगे–तस्वीर’को ब्यापार चलेन । प्रकाश टिवडेवाल पनि केही समय भेटिएनन । तर उनको एउटा गजबको चारित्रिक बिशेषता थियो, उनी ‘मेडीया फ्रेन्डली’ थिए । त्यतिबेला नाम चलेका पत्रकारहरुले प्रकाशको घाटको पानी पिएको छैन भन्ने दावी गर्यो भने मलाई त्यो हास्यास्पद लाग्नेछ ।

    एक साँझ एउटा जमघटमा प्रकाश भेटिए, उनले आफ्नो नयाँ ‘धन्धा’ को बारेमा सुनाए । बास्तवमा त्यो उनको व्यक्तिगत स्वामित्वको ‘धन्धा’ थिएन । यो धन्धामा त्यतिबेला सत्ताका नजीक रहेका धेरैले आफ्नो तीनपुस्ते अर्थ व्यवस्था बलियो बनाए ।

    कालान्तरमा यो धन्धा ‘एलसी काण्ड’ का रुपमा कुख्यात भयो । यसमा उनका र यो धन्धामा लागेकाहरुका प्रमुख मतियार थिए, अहिलेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की । उनी त्यतिबेला तत्कालीन अर्थमन्त्री महेश आचार्यको कृपाले भन्सार विभागका महानिर्देशक थिए ।

    कान्तिपथको ‘होटेल माउण्टेन’को एउटा हलमा चुरोटको धुँवा र व्हिस्कीको गन्धबीच गफिने व्यापारीहरुमा प्रकाश एक्ला थिएनन, त्यहाँ हरेक पार्टी र दरवारसँंग सम्बद्ध व्यापारिक घरानाका प्रतिनिधि थिए । उनीहरुको निक्र्यौल थियो , ‘खजाञ्ची ९राष्ट्र बैंक० सँग कुरा मिलिसकेको छ ।

    भन्सारको लागि हाम्रो ‘हात्ती’ ९लोकमान सिंह कार्की० छदैंछ ।’ नभन्दै व्यापारीहरुका हात्ती त्यहाँ आईपुगे । सबैसंग हात मिलाए । अनि अजंगको शरीर कुर्सीमा थचारेर ‘वेटर’ लाई हप्काए, ‘सिंगल माल्ट छैन रु ’ यो उच्चस्तरीय बिदेशी रक्सीको एउटा प्रकार हो ।

    तत्कालीन सरकारले ‘कृषकहरुको सुविधाका लागि मल आयात गर्दा डलर सटही दरमा राष्ट्रले घाटा खाएर प्रति डलर आठ रुपियाँ छुट दिने निर्णय गरेको थियो । यसको सुविधा कृषकहरु भन्दा कमीशनखोरहरुले उठाए । राष्ट्र बैंकले छुट दिएको दरमा डलर सटही सुविधा दिन्थ्यो ।

    मल आउंथ्यो, बोरामा होईन, केवल कागजमा । नक्कली प्रज्ञापन पत्र, नक्कली सबैकुरा भन्सारमा बुझाइन्थ्यो । भन्सार विभागका महानिर्देशक कार्कीको नेतृत्वमा कर्मचारीहरु त्यो नक्कली कागजपत्रमा ल्याप्चे लगाउँथे । लोकमानले नेता, कर्मचारी, राष्ट्र बैंक सबैलाई खुशी तुल्याएका थिए । तर, एउटा समूह खुशी थिएन । कान्तिपुर प्रकाशन गृहको छायाँमा आफ्नो अघोषित ब्यापार बिस्तार गर्न लालायित एउटा समूह ‘एलसी’ काण्डको ‘तर’ मार्न बाट बन्चित भयो ।

    कान्तिपुरले यसबिरुद्द ‘जेहाद’ नै छेड्यो । ठुलाहरु उम्के, कान्तिपुरले अदालत भन्दा पहिले प्रकाश टिवडेवाललाई ‘दोषी’ ठहर गर्दै, सम्पूर्ण खति उनको टाउकोमा थोपर्यो । कैलाश सिरिहियाले त्यतिबेला आधा दर्जन सम्बाददाताहरुलाई प्रकाश टिवडेवालको मानमर्दन गर्न खटाए । कुनैबेला कैलाश र प्रकाश रक्सी मात्र होईन, केटी पनि साटासाट गर्थे ।

    त्यतिबेला कैलाश सिरोहियाले लोकमान सिंहको यो काण्डमा संलग्नताको बारेमा कान्तिपुरमा एक शब्द लेख्न दिएनन् । कान्तिपुरका संचालकहरुलाई थाहा थियो, महेश आचार्य मार्फत गिरिजाप्रसाद कोइरालाको कृपापात्रका रुपमा लोकमान अर्थ सचिवमा बढुवा हुने तरखरमा छन् ।

    लोकमानलाई अर्थसचिवको पदमा स्थापित गर्ने कांगेस सरकार सडकमा पुग्दा, गिरिजाप्रसादको टाउकोमा लाठी बजार्ने राजाको सरकारको मुख्यसचिवमा उनै लोकमान सिंह थिए । उनले लोकसेवा आयोगको परीक्षा दिनुपरेन । राजा बीरेन्द्रको हुकुम प्रमांगीबाट उनी निजामती सेवामा प्रवश गरे ।

    जनआन्दोलन २ को सफलता पछि लोकमान बेपत्ता भए । उनले अख्तियार दुरुपयोग सनुसंधान आयोगको प्रमुखका रुपमा रहस्यमय नियुक्ति पाएपछि बीबीसीमा एउटा अन्तर्वार्ता दिंदै भने, ‘ म यो दूई बर्ष भारतमा पाईलट बाबाको सान्निध्यमा आध्यात्मिक ज्ञान आर्जन गर्दै थिएँ । ’ पाईलट बाबा अध्यात्मिक गुरु होईनन, सत्ताको दलाली गर्ने सयौं भारतीय गुरुहरु मध्ये एक हुन्, जसको भारतीय अन्तर्राष्ट्रीय गुप्तचर संस्थासँग सांठगाठ रहेको छ ।

    यो कुरा स्वयं भारतीय संचार माध्यमहरु भन्छन् । डा बाबुराम भट्टराईले आफ्नो प्रधान्मन्त्रित्वकालमा भारतीय योजना अनुसारप्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने प्रस्ताव गरेपश्चात लोकमान सिंहको नाटकीय उदय भएको हो ।

    भारतलाई आगामी चुनाव मार्फत नेपालमा कुन दलको सरकार बन्छ भन्ने कुराको निश्चित यकीन थिएन । भारतको ‘र’ अनि विदेश मन्त्रालयको छुट्टै ‘कूटनीतिक रिपोर्ट’ र राजदूतको ‘व्यक्तिगत’ आकलन परस्पर बाझिएको थियो ।

    बाबुरामले माओवादी पार्टीभित्र धमिरा लगाईसकेका छन् भन्ने कुरा भारतलाई ज्ञात थियो । किनभने, यो भारतकै योजना थियो । भारतलाई चुनाव अघिनै नेपाली राजनीतिलाई आफू अनुकूल सन्तुलनमा राख्ने एउटा ‘उत्तोलक’ को आवश्यकता थियो ।

    लोकमान यसका लागि उपयुक्त पात्र थिए । उनी पंचायती शासनमा हुर्किएका पात्र थिए । गिरिजाकालले उनलाई पुल्पुल्याएको थियो । ज्ञानेन्द्रले उनको यो अनुभवको उपयोग गरेका थिए ।

    गणतान्त्रिक नेपालका नीति निर्माताहरुको टाउको माथी भारत ‘ डेमोक्लसको तरवार’ झुण्ड्याउन चाहन्थ्यो । यसकालागि राष्ट्रपति रामवरण यादवलाई लज्जित तुल्याउँदै रातारात भारतीय ‘टेलिफोन’हरुले लोकमानलाई नियुक्ति दिलाए । त्यो दिन, लोकमानको शीर ठडियो, लोकतन्त्रको शीर निहुरियो । भारतलाई लोकमान नै छान्नुपर्ने आवश्यकता किन पर्यो त ?

    नेपालका हरेक पार्टीका नेताहरुले लोकमानले राष्ट्रिय ढुकुटीबाट लुटेको पैसामा आफ्नो मुख गाडेका छन । लोकमान बिरुद्द संसदीय सुनुवाई गर्ने र अभियोग सावित गरेर उसलाई पदच्यूत गर्ने नैतिक साहस अहिलेका कुनै नेतामा छैन ।

    लोकमानको समानान्तर सरकार चलेको छ । सबैले देखेका छन् । तर कोही बोल्दैनन । किन ? लोकमान बेइमान हुन् । तर लोकमान माथि औंला उज्याउनेहरु आफै ईमान्दार छैनन् ।

    भारतले नेपालको यही कमजोरीको फाईदा उठाएको हो । बलियो छिमेकीले निर्बल किसानको बारीमा लोकमान नामको साँढे छोडेको छ । –पिएसजेबाट

    प्रतिकृया दिनुहोस्
    Loading...