डा केसीका माग पूरा गर्न देउवाले ल्याएको अध्यादेश चुनाव लगत्तै खारेज गर्ने ओलीको घोषणा, केसीलाई ‘आफ्नो थान्कामा बस्न’ चेतावनी — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७४/८/६ गते
    २०८ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौं

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. गोविन्द केसीलाई ‘आफ्नो थान्कामा बस्न’ चेतावनी दिएका छन् ।

     

    गत शुक्रबार साँझ अन्नपूर्ण होटलबाट विशेष पत्रकार सम्मेलन गरी शेरबहादुर देउवा नेतृत्व सरकारले डा गोविन्द केसीको माग पूरा गर्न राष्ट्रपतिमार्फत पारित गराएको चिकित्सा शिक्षा सम्बन्धी अध्यादेश अब आउने वाम गठबन्धनको सरकारले खारेज गरिदिने चेतावनी पनि ओलीले दिए ।

     

    अध्यादेशले एमाले नेताको स्वामित्वमा रहेको मनमोहन मेडिकल कलेज अप्ठेरोमा परेपछि ओलीले आक्रोश पोखेका हुन् । एउटा सरकारी कर्मचारीलाई अनसन बसाएर सरकारले उसँग वार्ता अनि सम्झौता गरेको र कर्मचारीले राष्ट्रपतिलाई लल्कारेको भन्दै ओलीले डा. गोविन्द केसीलाई आफ्नो थान्कोमा बस्न चेतावनी दिएका हुन् ।

     

    डा. केसीलाई राजनीति गर्न मन लागेको भए नयाँ शक्ति खोलेर राजनीतिमा आए हुन्छ भन्दै ओलीले सरकारी कर्मचारी आफ्नो हैसियतमा बस्नुपर्ने आशय प्रकट गरे ।

     

    ओलीले भने– ‘पोलिटिक्स गर्ने हो भने पोलिटिक्समा आए हुन्छ नि त । बरमझियाको बाजेको पेडाजस्तो नयाँ शक्ति, अझ नयाँ शक्ति, झन नयाँ शक्ति खोले हुन्छ ।’ एउटा सरकारी कर्मचारीले औंलो ठड्याएको फोटो खिचेर एमालेलाई चेतावनी दिन नसुहाउने ओलीले बताए ।

    प्रतिकृया दिनुहोस्