ओलीको अभिव्यक्तिले प्रचण्ड धरापमा , चितवनमै बस्यो आकस्मिक बैठक — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७४/७/२६ गते
    १७०८२ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौं

    मंसिर ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने समाचार बाहिर आएका बेला केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादास्पद अभिव्यक्ति दिएका छन् ।

    माओवादीका अध्यक्ष प्रचण्डले ओलीमाथि आविश्वास जनाउँदै पूर्वसहमति अनुसार आफू पहिला प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखेका हुन् । चुनावी कार्यक्रम अन्तर्गत चितवन क्षेत्र नं. ३ मा रहेका प्रचण्डले आफू निकटका नेताहरूसँग केपी ओलीले माओवादीलाई फेरि धोका दिने खेल खेलेको आरोप लगाएका छन् ।

    ‘यसअघि पनि केपी ओलीले मलाई धोका दिएका हुन् । फेरि पनि धोका दिने षड्यन्त्र गर्दै गरेको गन्ध आएको छ’, प्रचण्डले आफू निकटका नेताहरूको आकस्मिक बैठक चितवनमा बोलाएर भने, ‘ओलीजीसँग निर्वाचनपछि कम्तिमा साढे दुई वर्ष मलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । साढे दुई वर्ष मेरो प्रधानमन्त्रीकाल सकिनै लाग्दा पार्टी एकीकरण गर्ने सहमति भएको छ । मैले सरकार छाड्नु केही दिन अगाडि ओलीजीलाई प्रधानमन्त्री दिने । एकीकृत पार्टीको अध्यक्ष म बन्ने सहमति भएको छ । तर, केपी ओलीका अभिव्यक्ति र कार्यशैलीले मलाई सशंकित बनाएको छ ।’

    चितवनको आकस्मिक बैठकमा प्रचण्डले एमालेसँगको पार्टी एकीकरणको कुरा तुहिँदै गएको र निर्वाचन पनि आफ्ना उम्मेदवारहरूलाई सर्तकताका साथ अगाडि बढ्न निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।

    ओलीले आफू अनुकूल हुने गरेर केही अनलाइन र दैनिक पत्रिकाहरूमा समाचार सम्प्रेषण गराएर धोकाको राजनीति गर्न लागेको आरोप प्रचण्डको छ । पार्टी एकीकरण गर्ने हो भने मंसिर ९ गते नै पार्टी एकीकरण गर्न कुनै समस्या छैन भन्ने बुझाइ माओवादीको छ । ओली चुनाव अगाडि कुनै पनि हालतमा पार्टी एकीकरण गर्ने पक्षमा छैनन् ।

    ओलीले झापामा आइतबार बिहानै चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अगाडि कुनै पनि हालतमा माओवादी केन्द्रसँग पार्टी एकीकरण नहुने अभिव्यक्ति दिएका थिए ।

    ओलीको अभिव्यक्तिबाट प्रचण्ड सशंकति हुन पुगेका छन् । यदि ओलीले धोका दिएमा प्रचण्डले त्यसका विरुद्ध कठोर कदम चाल्ने योजना बनाएको स्रोतको भनाइ छ । प्रचण्डले आवश्यक परेमा निर्वाचन अगाडि वाम गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्ने अवस्थामा रहेको पनि स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्