नाकाबन्दीको कुरा जोडेर कांग्रेसको बदनाम गर्दै हिडेको एमालेलाई गगन थापाले दिए यस्तो कडा जवाफ — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७४/७/१९ गते
    ४५३१ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौं

    नेपाली कांग्रेसका युवा नेता गगन थापाले नाकाबन्दीको प्रसंग जोडेर आफ्नो पार्टीलाई बद्नाम नगर्न एमालेलाई चेतावनी दिएका छन् । उनले एमालेका नेताको चाकरी र राष्ट्रवाद सबैले प्रष्ट बुझिसकेको भन्दै केही एजेण्डा नपाएर वितिसकेको नाकाबन्दीको कुरा उप्काएर मतदाता नभड्काउन एमालेलाई चेतावनी दिएका हुन् ।

    काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार समेत रहेका थापाले आफ्नो चुनावी अभियान शुरु गर्दै यस्तो चेतावनी दिएका हुन् ।

    संविधान बनाउने क्रममा भोगेका चुनौतिबारे सम्झिदै कांग्रेसले नाकाबन्दीको कठोर प्रतिरोध गरेको र संविधानसभा भवन बाहिर आएर सभासदको लोगो खोलेर भारतीय नाकाबन्दी मुर्दाबाद भन्दै बसेको नेता थापाले बताए । उनले नाकाबन्दीविरुद्ध कांग्रेस बोलेन भन्ने एमालेको आरोपलाई यसरी खण्डन गरेका हुन् ।

    चार बर्षअघि आफूले संविधान बनाएर दिने जनतासामु गरेको बाचा पुरा गरेको र संविधान बनाएर दिएको बताउँदै उनले संविधानमा असन्तुष्ट मधेशी दल लगायतका अन्य सबैलाई समेटेर लगेको र कांग्रेसले गर्दा नै आज देशमा शान्ती र स्थिरता भएको दावी गगन थापाले गरे ।

    प्रजातन्त्रको विकल्प नभएको र प्रजातन्त्रको लागी कांग्रेस एकमात्र विकल्प हो भन्दै नेपालमा सबै जातजाति बर्ग र समुदायलाई कांग्रेसले मात्रै मिलाएर लैजान सक्ने थापाले बताए ।

    गगनले आफूलाई भोट दिए पाँच बर्ष इमान्दार भएर काम गरेर देखाउने काठमाडौंलाई बस्न योग्य शहर बनाउने प्रतिवद्धता समेत जाहेर गरे ।

    गगनले अगाडि भने( आफू विजय भएपछि स्थानीय निकायहरु सँग समन्वय गरेर विकाश निर्माणका कामहरु सम्पन्न गर्छु ।

    आफूलाई नियोजित रुपमा विभिन्न नचाँहिदा आरोप लगाइने गरेको भन्दै थापाले भने– केहि दिन अगाडि कृषक भन्दै १४ करोड रुपैंया खाएको भन्दै अफवाह फैलाएको र अबका दिनमा पनि विरोधीहरुले भारतीय दलाल, अमेरिकन दलाल जस्ता आरोपहरु लगाउछन्, ढुक्क हुनुस् यस्ता समाचार छिट्टै देख्नुहुनेछ ।

    एमालेतर्फ संकेत गर्दै गगनले चेतावनीको भाषामा भने– यो क्षेत्र नम्बर चार हो कमरेड, यहाँका मतदाताहरुलाई न राजाले न माओवादी कसैले पनि झुक्याउन सकेन, अब यहाँ आएर नचाहिदा कुरा नगर्दा स्वास्थ्यको लागि फाईदा हुन्छ ।’

    प्रतिकृया दिनुहोस्