एउटा बुहारी हुनुको पिडा पोख्दै चर्चित गायिका मुना, भन्छिन चाडै फर्की आऊ पियारा — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७४/५/३० गते
    १५९० &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौँ।

    नेपालीहरुको महान पर्व दशैं तिहार नजिकिदै गर्दा  दशैं तिहारको गीत संगीत बजारमा आउने क्रम जारी छ । चर्चित गायिका मुना थापा मगरको आवाजमा ” फेरी आयो दसैँ तिहार” बजारमा आएको छ ।

    चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेकै हुन्छ ।

    एकाएकै चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली लोक गीत संगीतका धरोहर गायिका हुन् मुना थापा मगर । धेरै जसो बास्तवीक कथामा आधारीत रोदन तथा आशुका कथाले भरीएका गीतहरु गाएका  कारणनै मुना थापा मगर आफ्ना फ्यानहरुमाझ निकै लोकप्रिय छिन् ।

    यसै क्रममा भरत गौतम इश्वर बस्नेतको ” फेरी आयो दसैँ तिहार”  बोलको दशैं गीत बजारमा आएको छ  । चर्चित गायिका मुना थापा मगरको आवाजमा  साथ भने दिलिप थापा मगरले दिएका छन्।

    नाम जस्तै काम, नेपाली लोक तथा गीत संगीतको क्षेत्रमा यो अनुपम उपहार ” फेरी आयो दसैँ तिहार”  रक्षा म्युजिक  प्रा.लि बाट सार्वजनिक गरिएको हो।  उक्त  गीतमा भिम बहादुर बराल (मगर) स्मारिका मगरको अभिनय रहेको छ । चित्र मस्की मगरले छायांकन  गरेको उक्त गीतलाई रबिन बि.कले  सम्पादन गरेका हुन् ।

    रोजगारीको सिलसिलामा नेपाली युवा आफ्ना परिवार छोडेर  बिदेसेनु परेको समस्यालाई  गीतमा ब्यक्त गर्न खोजिएको छ ।  धन कमाउने आशमा बिदेसिएका युवाले आफ्नो परिवारसंग टाढा बस्नु पर्ने कुरा पनि मार्मिक ढंगले ब्यक्त गरिएको छ ।  दर्शकहरुको मनमा बस्न सफल उक्त गीतलाई मिडिया डबलीको तर्फबाट पनि शुभकामना ब्यक्त गर्न चाहन्छौं ।

    भिडियो हेर्नुहोस्

     

    प्रतिकृया दिनुहोस्