समृद्ध दोलखा निर्माणका लागि प्रदेश चुनाब लड्ने सोचमा बालकृष्ण शिवाकोटी — www.mediadabali.com
आज : २०७४ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७४/५/२५ गते
    २५९० &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडौं

    आगामी मंसिरमा हुन लागिरहेको निर्वाचनमा प्रदेश चुनाव लड्ने तयारीमा छन् बालकृष्ण शिवाकोटी । नेकपा एमाले उद्योग बिभाग सदस्य शिवाकोटी चुनावी तयारीमा जुट्दै छन् उनी दोलखाली जनताका लोकप्रिय नेता हुन् जनताको सुख दु:खमा साथ सहयोग गर्ने नेता शिवाकोटी २०७२ को विनाशकारी महा-भूकम्पमा राहत वितरणमा सबै भन्दा अघि दोलखा पुगेर राहत वितरण गरेका थिए ।

    उनले दोलखाको कुनै ठाउँ नछुटाई सबैठाउँमा राहत पुर्याएका थिए । बिद्यार्थीदेखि नै राजनीतिमा सक्रिय भएर लागेका शिवाकोटी अहिले उनी राजनीति मात्र गरिरहेका छैनन् उनी सफल व्यवसायी पनि हुन् उनी अरुलाई पनि व्यवसायिक बन्न प्रेरणा दिन्छन् उनी अब दोलखाको समृद्को निम्ति व्यवसायिक भन्दा पनि राजनीतिमा लागेर केहि गर्ने सोचमा छन् ।

    उनले गरेका राम्रा कामहरु जनतामाझ प्रशंसनीय छ उनी राजनीतिलाई व्यवसायिक बनाउन चाहदैनन् । राजनीति भनेको सेवा गर्ने चीज हो त्यसैले आफ्नो बाकी जीवन सामाजिक कार्यमा बिताउने उनी बताउछन् । सेवा गर्नको निमित्त स्वतन्त्र रुपमा आफ्नो सामाजिक उत्तर दायित्व हुन्छ त्यस कारण पनि उनी व्यवसायिक हुनुपर्ने मान्यता राख्छन् । दोलखा जिल्ला पर्यटकीय स्थल भएकोले त्यसको बिकासको निम्ति केहि नयाँ सोच विचार दृष्टिकोण भएका शिवाकोटी समृद्ध दोलखा निर्माण गर्ने काम आफू र आफ्नो पार्टीले गर्ने बताउछन् ।

    बिकासका नयाँ खाकाहरुलाई अगाडी  बढाउनु पर्ने सोच र सपना बोकेका शिवाकोटी भन्छन् , ‘ दोलखामा भएका युवा शक्ति बिदेश पलायन हुनुपर्ने बाध्यता छ युवाहरुसंग भएको जोश,जागर ,सीप ,श्रम अन्य मुलुकमा प्रयोग भएकाले आफ्नै देशमा रोजगारीको सृजना गर्ने उनको विचार छ । दोलखाली जनताको छोरा छोरीलाई दोलखा मै बसेर उनीहरुको श्रम र सीपलाई सम्मान गर्दै रोजगारीको अवसर दोलखामै प्रदान गर्ने ,कृषिलाई आधुनिकीकरण ,व्यवसायीकरण गर्ने बताउछन् । नेपाल विश्वकै सुन्दर ठाउँ हो । नेपालको सुन्दर ठाउँ दोलखा हो  त्यसैले दोलखामा पर्यटकहरुको धेरै सम्भावना छ ।

    पूर्वाधारहरुको निर्माण गरी त्यसैबाट दशौ हजार युवालाई रोजगारीको सृजना हुने भएकाले त्यसमा लाग्ने उनको योजना छ । पर्यटकहरु आएर बस्नको लागि खानको लागि ,भ्रमणको लागि त्यहाको संस्कृतिको निम्ति सबै सहज वातावरण निर्माण गर्न सके पर्यटन प्रशस्त मात्रामा आउछन् । आर्थिक उन्नती पनि गर्न सकिन्छ । भौगोलिक हिसाबले दोलखा बिकट भएकाले शिक्षा स्वास्थ्यको बारेमा अलि बढी सोच्नु पर्ने उनी बताउछन् ।

     

    उनी भन्छन्, ”आम जनताले तपाइ उम्मेद्वार बन्नूस्  हामी जिताउछौ भनी रहेका छन्  त्यसैले मसंग प्रतिस्पर्धी कोहि हुदैनन् जस्तो लाग्छ एक्लै चुनाब लड्ने हैसियत न त कांग्रेससंग छ न त माओबादी केन्द्रसंग उनीहरु एक्लै चुनाब लड्न सक्दैनन् उनीहरु मात्र हैन सम्पूर्ण शक्तिहरु मिलेर आएपनि दोलखामा एमालेलाई हराउन कसैले सक्दैन अत्यधिक मतका साथ हामी चुनाब जित्छौ ।’

    प्रतिकृया दिनुहोस्
    Loading...
    Ad