‘चुनाव हुँदैन्, यो सरकारले हल्लामात्रै चलाएको हो’ : केसी — www.mediadabali.com
आज : २०७४ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२८ गते
    १३६ &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडौँ ,२८ पुस ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले चुनाव गराउनै नचाहेको आरोप लगाए।

    बिहीबार रिपोटर्सर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘चुनाव हुँदैन्, यो सरकारले हल्लामात्रै चलाएको हो।’ केसीले प्रश्न गरे,‘कहाँबाट हुन्छ चुनाव?’ उनले शुरुमा सरकारले चैत्र वा बैशाखभित्र चुनाव गराउने दाबी गरेको भएपनि त्यो सम्भावना टरेपछि अब जेठको रटान लगाउन थालेको आरोप लगाए।

    अध्यक्ष केसीले थपे,‘अब हेर्दै जानुहोस यीनले माघ लागेपछि सक्दैनौं भन्छन्।’ उनले संघीयता नेपालको लागि गलपासो बनेको कुरा आफूले पटक–पटक उठाउँदै आएको स्रमण गर्दै भने,‘संघीयता नेपालको लागि गलपासो हो, मैले त पहिलेदेखि नै भन्दै आएको छु नि, मैले गाँजा खाएर यसो भनेको थिईन नि।’

    उनले १९ वर्षसम्म स्थानीय निकायको चुनाव हुन नसक्नुपनि संघीयताको भुतले गर्दा भएको आरोप लगाए।

    प्रतिकृया दिनुहोस्
    Loading...