Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२८ गते
    ७१ पटक
    deepikaa-650_030815040536_031115112734एजेन्सी

    बलिउड अभिनेत्री दीपिका पादुकोणलाई अहिले भ्याइनभ्याई छ । तर, उनलाई भ्याइनभ्याई हुनुको मुख्य कारण, बलिउड फिल्म भने होइन । हलिउड फिल्म ‘रिटर्न अफ जेन्डर केज’को प्रमोशनलाई उनलाई भ्याई नभ्याई भएको हो ।

    यो फिल्ममा दीपिका मुख्य भूमिकामा छिन् । आउँदो शुक्रबारबाट यो फिल्म रिलिज हुँदैछ । पहिलो हलिउड फिल्म भएकाले पनि दीपिका आशावादी देखिएकी छिन् ।

    दीपिका फिल्म प्रमोशनका लागि मेक्सिको पुगेकी छिन् । मेक्सिकोमा उनी आफ्नो फिल्मको टीमसँग देखिइन् । रातो गाउनमा दीपिका निकै राम्री देखिएकी थिइन् ।दीपिकाको अन्तरराष्ट्रिय कार्यक्रममा देखिएको स्टाइलले, बलिउड अभिनेत्रीहरुको फेसन वुझाइलाई प्रष्ट पार्छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...