शाहरुख र सलमान दश वर्षपछि एउटै फिल्ममा — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२८ गते
    १६१ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    एजेन्सी

    शाहरुख खान र सलमान खानको सम्बन्ध अनेकौं उतारचढावले भरिएको छ । पहिला सँगै फिल्म खेलेका अनि मन मिल्ने यी दुई अभिनेता पछि एक्कासि झगडा गरेर छुट्टिए । अहिले फेरि उनीहरूको मिलन भएको छ ।

    यी दुईजना अब एउटै फिल्ममा देखिने सम्भावना छ । खासमा कबीर खानको निर्देशनमा रहेको आउँदो फिल्म ट्युबलाइटमा शाहरुखको सानो भूमिका छ । यसमा सलमान खान नायक छन् ।

    ट्रेड एनालिस्ट कोमल नाहटाले पनि यसबारेमा एउटा ट्वीट लेखेका थिए तर पछि उनले ट्वीट हटाए । ट्युबलाइटका निर्माताहरूले यसबारेमा केही बताएका छैनन् ।

    यी दुई घाघडान अभिनेताहरू फराह खानको फिल्म ओम शान्ति ओममा सँगै देखिएका थिए । सन् २००७ मा रिलिज भएको उक्त फिल्मको एक गीतमा सलमान पनि नाचेका थिए ।

    उनीहरू अवार्ड समारोहमा सँगै देखिएका भएपनि एउटै फिल्ममा चाहिँ त्यसयता आएका थिएनन् ।

    ट्युबलाइटमा शत्रुघ्न सिन्हाले क्यामियो रोल खेल्ने कुरा भएपनि सलमानले यसमा शाहरुखलाई नै खेलाउन जोड गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्