निखिल र निशाको ‘भिलेन’ माघ १५ देखि छायाँकन हुने — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२७ गते
    १९१ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौं ।

    पहाड र तराईबीचको तिक्तता बढिरहेका बेला नेपाली फिल्ममा त्यसैलाई आधार बनाएर ‘भिलेन’ फिल्म निर्माण हुने भएको छ । फिल्मको कथाले भने तिक्तताहरू मेटाउन भूमिका खेल्ने निर्माण पक्षको दाबी छ ।

    नायक निखिल उप्रेती र नायिका निशा अधिकारीसहितका कलाकारहरूलाई लिएर निर्माता कपिल खत्रीले ‘भिलेन’ फिल्म बनाउन लागेका हुन् । खत्रीले फिल्मको निमार्णको बजेट झण्डै असी लाख पुग्न सक्ने अनुमान सुनाए । ‘भिलेन’को निर्माण पक्षले छिट्टै पत्रकार सम्मेलन गरेर आधिकारिक जानकारी दिने पनि जनाएको छ ।

    ग्लोबल पिक्चर्स प्रालिको ब्यानमा बन्न लागेको यो फिल्मका निर्देशक देवेन्द्र पाण्डे हुन् । पाण्डेले आफ्नै ब्यानरमा म्युजिक भिडियो, टेलिफिल्म, लघु चलचित्र, डकुमेन्ट्री आदि निर्माण गर्दै आएका छन् ।

    निर्देशक पाण्डले ०७२ सालमा नेपाली सेनाद्वारा लुघ चलचित्रलाई प्रदान गर्ने पुरस्कार पनि जितेका थिए । नेपाली सेनाले ‘राष्ट्रको पहरेदार’ नामक लघु चलचित्रका लागि निर्देशक पाण्डेलाई नगद एक लाख पचास हजार र सम्मान पत्र प्रदान गरेको थियो ।

    ‘भिलेन’को छायाँकन माघ १५ गतेदेखि सुरु हुनेछ । फिल्मका निर्देशक पाण्डेका अनुसार ‘भिलेन’को कथावस्त तराई र पहाडको प्रेम कथालाई समेटेर बनाइएको छ । ‘तराई र पहाडबीचको द्वन्द्व र तिक्ततालाई ध्यानमा राखेर समाजलाई सकारात्मक सन्देश दिने उदेश्यले फिल्मको कथा तयार भएको छ’, पाण्डेले भने, ‘निखिल उप्रेती अलिक भिन्दै रुपमा देखिने छन् । निशा अधिकारीलाई पहाडकी युवतीका रुपमा देखाइनेछ ।’ उनले फिल्मको पूरै कथावस्तु भने खुलाएनन् ।

    निर्माता कपिल खत्रीले पनि फिल्मले तराई र पहाडबीचको मायाप्रेमलाई सहज रुपमा देखाउन खोजिएको बताए । ‘भिलेन’ मायाप्रेमका साथै एक्शन फिल्म बनाइने निर्माण पक्षको दाबी छ । ‘तराई र पहाडी जिल्लाहरूमा ‘भिलेन’को छायाँकन हुन्छ’, खत्रीले भने, ‘माघको १५ देखि धमाधम छायाँकन हुनेछ ।’

    तराई र पहाडका साथै ‘भिलेन’का केही दृश्य जोमसोम लगायतका स्थानमा पनि हुनेछ । ‘भिलेन’को कथा र पटकथा मौनता श्रेष्ठको हो ।
    ‘भिलेन’का संगीतकारमा बसन्त सापकोटा, लालकुमार बराल हुन् । फिल्मका द्वन्द्व निर्देशक शुक्रराज शाह हुन् । क्यामरामा सौरभ लामा छन् भने फिल्मको डिष्ट्रिब्यूशन सुनिल मानन्धरले गर्नेछन् । बाँकी केही कलाकारहरूको पनि धमाधम खोजी भइरहेको निर्देशक पाण्डेले बताए ।

    प्रतिकृया दिनुहोस्