Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२७ गते
    ४६२ पटक
    yogesh_1दाङ ,२७ पुस ।

    नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीले खसीको टाउको देखाएर कुकुरको मासु बेचेको आरोप लगाएका छन् ।

    प्रेस चौतारी नेपाल दाङले बुधबार तुल्सीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘युद्धमा रहँदा खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने संसद मान्दैनौ भन्ने माओवादी आफैंले अहिले कुकुरको मासु बेचेको छ ।’

    सचिव भट्टाराईले निर्वाचनको प्रकृया अघि बढाउन सरकारलाई आग्रह गरे । उहाँले संविधानले तोकेका बाहेकका अन्य विषयमा संसद्मा छलफल गरेर निर्वाचनमा जानुपर्ने बताए । संविधान संशोधन प्रस्तावले जनताको बलबाट हाँसिल गरेको उपलब्धी खोसिने खतरा बढिरहेको जिकिर गर्दै उनले समयमै सोचिएन भने देशमा ठूलै दुर्घटना  हुने दाबी गरे ।

    त्यस्तै प्रधानमन्त्री प्रचण्ड अधिनायकबादी बन्दै गएको भन्दै सचिव भट्टराईले प्रचण्डपथ अधिनायकबादी पथ भएकोले उहाँले कानुन, नीति नियम सबै मिचेर अगाडि बढ्न खोजेको आरोप लगाए।

    हिन्दी भाषा नेपालको राष्ट्रिय भाषा हुन नसक्ने दाबी गर्दै उनले भने ‘एमाले भन्ने पार्टी रहँदासम्म भोजपुरी, मैथली, अवधी, राई, थारु, लिम्बु, मगर, किराँतलगायतका अन्य भाषाहरु सरकारी कामकाजको भाषा हुनसक्छन् । तर, हिन्दी भाषा राष्ट्रिय भाषा हुन सक्दैन ।’

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page