Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२७ गते
    १७४ पटक
    raniएजेन्सी

    अभिनेत्री रानी मुखर्जी २०१४ मा सिनेमा ‘मर्दानी’मा काम गरेपछि पर्दाबाट गायव भईन् । त्यो बीचको समयमा उनले एक सन्तानलाई जन्म दिईन र आमाको अनुभव बटुलिन् ।

    आमा बनिसकेकी रानी केही समय त मिडियाबाटै हराईन् । तर अब भने उनी पर्दामा कमब्याक गर्ने तयारीमा छिन् । निर्देशक सिद्धार्थ पी मल्होत्राको सिनेमाबाट रानीले कमब्याक गर्न लागेको खबर भारतीय अनलाईनहरुमा छापिएको छ ।

    यो सिनेमाका लागि रानी पहिलो रोजाई भने हैनन् । रानीले अभिनेता ईमरान हाशमी र अभिशेक बच्चनले छोडेको सिनेमाबाट कमब्याक गर्दैछिन् । सिद्धार्थ पहिले यसमा ईमरानलाई लिन चाहन्थे ।

    ईमरान पनि यसमा काम गर्न ईच्छुक थिए । तर बिशेष कारणवश ईमरानले यसमा काम गर्न सकेनन् । ईमरानले काम नगर्ने भएपछि फिल्मको प्रस्ताव अभिनेता अभिशेक बच्चनलाई गयो । तर अभिशेकले यसमा काम गर्न अनकन गरे । दुईवटा अभिनेताले यसमा काम नगर्ने भएपछि सिनेमाको कथा सुनाउन सिद्धार्थ, चोपडा हाउसमा पुगे ।

    त्यहाँ पुगेर सिनेमाको न्यारेशन सुनाईसकेपछि रानी मुखर्जी यसमा काम गर्नको लागि तयार भईन् । रानीले सिनेमामा काम गर्ने भएपछि सिनेमाको कथा नै उल्टिएको छ ।

    पहिले मुख्य भूमिकामा अभिनेतालाई देखाउने तयारी थियो भने अब अभिनेताको ठाउँमा अभिनेत्री देखिनेछिन् । यो फिल्मको कथा एक बालिकाको वरिपरि घुम्छ जो सानोमा सामान्य कुराकानी गर्दा गर्दै आक्रोश हुन्छिन् । तर पछि गएर सफल शिक्षिका बन्छिन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page