मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी हबल्दारको मृत्यु — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२७ गते
    १७५ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    गौशाला, २७ पुस ।

    महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस– १ निवासी वरिष्ठ हबल्दार २२ वर्षीय अमितकुमार सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले बताउनुभयो ।

    गएराति ज २ प ३४६७ नं को मोटरसाइकलमा जलेश्वरस्थित आफ्नो घर जाँदै गरेको वरिष्ठ हबल्दार सिंह जिल्लाको सिमरदही गाविस– ९ स्थित बहुअर्वा चोकमा दुर्घटनामा पर्नुभएको थियो ।

    घाइते हबल्दार सिंहको जलेश्वर जिल्ला अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्