Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२७ गते
    ४८९ पटक
    dogएजेन्सी

    मानिसलाई अपहरण गरेर फिरौती माग्ने गरिएको सुन्ने गरिन्छ । तर, आयरल्यान्डका केही अपराधीले एउटा कुकुर अपहरण गरेर कुकुरधनीसँग १६ लाख रुपैयाँ फिरौती मागेका छन् ।

    आयरल्यान्डनिवासी जोय ब्रोचेरट नाम गरेका व्यक्तिको घरमा पालेको कुकुर डिसेम्बर ७ मा हराएको थियो । चारैतिर खोज्दा पनि कुकुर फेला नपरेपछि जोयले कुकुर फेला पर्नेलाई करिब पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे । यसो गर्दा पनि कुकुर फेला परेन ।

    अन्त्यमा अपराधीको एउटा समूहले उनलाई फोन गरेर कुकुर आफूहरूले अपहरण गरेको र १६ लाख रुपैयाँ फिरौती लिएर मात्रै कुकुर छोड्ने बताएका थिए । तर, आफूसँग त्यति धेरै रकम नभएको जानकारी उनले अपहरणकारीलाई दिएका छन् ।

    अपहरणकारीले भने मानेका छैनन् । अझैसम्म उनको कुकुर उनीहरूकै कब्जामा छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...