औपचारिक कार्यक्रममा नयाँ प्रेमिकासँग देखिए रोनाल्डो — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२७ गते
    १५१ &#२३४६;&#२३३५;&#२३२५;
    एजेन्सी

    रसियन मोडल इरिना सायेकसँग सम्बन्ध विच्छेदपछि रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोको नाम धेरै युवतीहरुसँग जोडियो ।

    तर, अन्ततः स्पेनिस मोडल जर्जिना रोड्रिगेज रोनाल्डोको नयाँ प्रेमिका भएको ‘आधिकारिक’ रुपमा पुष्टि भएको छ ।यसअघि रोनाल्डोलाई धेरै युवतीहरुसँग देखिएपनि उनीहरु कहिले सार्वजनिक समारोहमा सँगै देखिएनन् ।

    मंगलबार भएको फिफाको अवार्ड समारोहमा रोनाल्डो जर्जिनासँग जोडीका रुपमा उपस्थित भए । साथमा थिए रोनाल्डोका छोरा ।अन्य स्टारहरु पनि आफ्ना प्रेमिका र पत्नीहरुसँग कार्यक्रममा आएका थिए ।

    प्रतिकृया दिनुहोस्
    Loading...