Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२७ गते
    ८९ पटक
    brajilएजेन्सी

    जर्मनीका पूर्वराष्ट्रपति रोमन हर्सोगको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

    सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपति रहनु भएका हर्सोगले आफ्नो कार्यकालमा आर्थिक सुधारका कार्यक्रमहरु लागू गरी जर्मनीलाई आर्थिक रुपमा समुन्नत तुल्याउन ठूलो योगदान दिएका थिए ।

    उनी जर्मनीको इतिहासमा नाजीहरुद्वारा गरिएको आमनरसंहारलाई स्मरण गरी त्यसबाट ठूलो पाठ सिक्नुपर्ने र सदैव मुलुकलाई शान्तिको मार्गमा लैजानुपर्ने धारणाका प्रखर हिमायति पनि थिए।

    जर्मनीका वर्तमान राष्ट्रपति जोचिम गाउकले आज हर्सोग दिवङ्गत हुनुभएको औपचारिक जानकारी दिनुभयोे तर थप विस्तृत विवरण भने दिनु भएन ।

    उनले स्वर्गीय हर्सोगको पत्नीलाई पठाउनु भएको एक समवेदना सन्देशमा हर्सोग जर्मनीको हरेक क्षेत्रमा सदैव सुधार होओस् भन्ने चाहने राख्ने कट्टर राष्ट्रवादी नेता तथा प्रयास र परीक्षणमा जहिले पनि सफल एक विशिष्ट व्यक्तित्व हुनुभएको चर्चा गरेका थिए ।

    जर्मनीको बेभेरिया राज्यको ल्यान्डसट भन्ने स्थानमा सन् १९३४ अप्रिल ५ मा जन्मनु भएका स्वर्गीय हर्सोग सन् १९९४ मा राष्ट्रपति पदमा निर्वाचित हुनुपूर्व जर्मनीको सर्वोच्च न्यायालयको प्रधान न्यायाधीश पदमा कार्यरत थिए ।

    उनका पिताले पहिला एउटा स्थानीय नस (त्यसको सुगन्धित धूलोलाई नाकले सुँघेर तलतल मेटाइन प्रयोग गरिने सुर्ती) कारखाना चलाएका  थिए । पछि उनले त्यो काम छाडेर स्थानीय एक सङ्ग्रहालयको निर्देशक पदको जिम्मेवारी सम्हालेका थिए।

    स्वर्गीय हर्सोगले म्युनिख विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासील गर्नुभएको थियो । उहाँले केही वर्षसम्म दक्षिण–पश्चिमी जर्मनीको बाडेन–वेर्टम्बर्ग राज्यको संस्कृति मन्त्री तथा गृह मन्त्रीको जिम्मेवारी निर्वाह  गरेका थिए ।

    त्यसपछि, सन् १९८३ मा उनी सङ्घीय संवैधानिक अदालतमा उपाध्यक्ष पदमा नियुक्त हुनु भएको र १९८७ मा सर्वोच्च न्यायालयको प्रधान न्यायाधीश पदमा पदोन्नति हुनु भएको थियो । स्वर्गीय हर्सोग जर्मनीका अनुदारवादी चान्सेलर हेल्मुट कोलको १६ वर्षे कार्यकालको अन्ततिर निर्वाचित हुनुहुने पहिलो उदारवादी राष्ट्रपतिका रुपमा पनि परिचित थिए।

    चान्सेलर हेल्मुट कोलको कार्य कालमा जर्मनीको आर्थिक स्तरोन्नति हुन सकेको थिएन । एकातिर मुलुकले बेरोजगारीको विषम परिस्थितिसँग सङ्घर्ष गरिरहनु परेको थियो भने अर्कातिर देशलाई आवश्यक पर्ने श्रमशक्ति बजारमा लचिलो अवस्थामा उपलब्ध थिएन ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page