Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२७ गते
    ११२ पटक
    biccccकाठमाडौँ ,२७ पुस ।

    व्यवस्थापिका संसद्को मङ्गलवार बसेको बैठकले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) पारित गरेको छ । करीब १ महीनाअघि अर्थ समितिबाट सुझावसहित पठाइएको विधेयकलाई व्यवस्थापिका–संसद्ले पारित गरेको हो । विधेयकमा बैङ्क तथा वित्तीय संस्थाको सञ्चालकको अवधि बढीमा २ कार्यकाल वा ८ वर्षसम्म हुने व्यवस्था रहेको छ ।

    यस्तै बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले सोही संस्थामा शून्य दशमलव ५ प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था संशोधित ऐनमा छ । नयाँ व्यवस्थानुसार ‘घ’ वर्गका वित्तीय संस्थाले अब बैङ्क लेख्न नपाउने भएका छन् । लघुवित्त संस्थाले बैङ्कको सट्टा वित्तीय संस्था मात्र राख्न पाउनेछन् । विधेयकले सञ्चालकको योग्यता, संवैधानिक निकायमा रहेकाले बैङ्कको सञ्चालक हुन नपाउने व्यवस्था, १० वर्षपछि संस्थापक शेयर विक्री गर्न पाइनेलगायत विषयलाई समेटेको छ ।

    अर्थ समितिले पारित गरेको विधेयकलाई नै परिवर्तनविना संसद्ले पारित गरेको अर्थ मन्त्रालयका सहसचिव आनन्द ढकालले बताए । उनका अनुसार अर्थ समितिले विवादित ८ बुँदालाई टुङ्ग्याउँदै करीब १ महीनाअघि विधेयक संसद्मा पेश गरेको थियो ।

    नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले नयाँ विधेयक आएपछि बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएका विसङ्गति अन्त्य भई सुशासन र पारदर्शिता बढ्ने बताए । विधेयकमा भएको व्यवस्था कार्यान्वयनमा आएपछि बैङ्क तथा वित्तीय क्षेत्रप्रति जनविश्वास बढ्ने र नेपाली बैङ्क तथा वित्तीय संस्था अन्तरराष्ट्रिय मापदण्डमा पुग्ने उनको भनाइ छ । उनले भने, ‘संसद्बाट पारित विधेयक अब छिट्टै राष्ट्रपतिबाट प्रमाणित भएर ऐनका रूपमा लागू हुनेछ । बैङ्किङ क्षेत्रमा सुशासन कायम गर्न यसले थप मद्दत पुग्नेछ ।’

    ऐनका विशेषता
    – सञ्चालक हुन कम्तीमा १० वर्षको कार्यानुभव । स्नातकलाई ५ वर्ष । अर्थशास्त्र, वाणिज्य तथा लेखामा स्नातकोत्तर भए सोझै सञ्चालक ।
    – बीमा कम्पनीका सञ्चालक बैङ्कको सञ्चालक बन्न नपाउने ।
    – १० वर्षपछि संस्थापक शेयर राष्ट्र बैङ्कको अनुमतिमा साधारण ।
    – अध्यक्ष र सीईओ लगातार २ कार्यकाल वा ८ वर्ष मात्र ।
    – संवैधानिक पदधारक सञ्चालक, सीईओ वा अध्यक्ष हुन नपाउने ।
    – आफू  संलग्न बैङ्क तथा वित्त कम्पनीबाट ऋण लिन नपाइने ।
    – ‘घ’ वर्गका लघुवित्त कम्पनीले बैङ्क लेख्न नपाउने ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page