Media Dabali

मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२६ गते
८९ पटक
srk-and-ritik

बलिउडका बादशाह शाहरुख खानसँग जनवरी २५ मा भिडन्त पक्का भएपछि अभिनेता ऋतिक रोशन तनावमा छन् ।

वास्तवमा शाहरुखको फिल्म ‘रईस’ र ऋतिकको फिल्म ‘काबिल’ जनवरी २५ मा एकैदिन भिड्न लागेका हुन् । यसअघि सलमान खानको सुल्तानसँग भिड्ने फिक्स भएको रईस पछि हट्दै ऋतिकको काबिलको डेटसम्म आइपुगेको हो ।

यो टकरावमा निर्माता एवं ऋतिकका पिता राकेश रोशन भने निकै असन्तुष्ट छन् । उनको मान्यता छ कि यो गलत मात्रै होइन अनप्रोफेसनल कदम पनि हो र कारोबारका लागि यो ठिक होइन् ।

यता काबिल फिल्मका हिरो ऋतिक रोशन भने भिडन्तभन्दा पनि दोस्तीलाई प्राथमिकता दिन्छन् । आफ्नो ४३ औं जन्मदिन मनाइरहेका ऋतिक भन्छन् टकराव त अब टाल्न सकिदैन् भिड्नैपर्छ ।

तर, फिल्मको कारोबारभन्दा माथि दोस्तीको सम्बन्धलाई प्राथमिता दिँदै ऋतिकले अगाडि भनेका छन्– ‘फिल्मको टकराव चल्नेछ तर दोस्तीमा टकराव हुनु हुँदैन् ।’ऋतिक यी दिनहरुमा दुई ठूला फिल्मको भिडन्तको प्रतिक्षा हतारिएर गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...