Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२६ गते
    ३५२ पटक
    om_puri_mm_650_032015093228एजेन्सी

    वरिष्ठ भारतिय अभिनेता ओम पुरीको असामयिक निधनलाई प्रहरीले अझै पनि शंकाको घेरामा राखेको छ। ओमकी जनसम्पर्क अधिकारी स्मिता सिंहका अनुसार ओम आफ्नो जीवनको अन्तिम सास नेपालमा रहेको गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा फेर्न चाहन्थे।

    उनी आफ्नो नकारात्मक छविलाई लिएर दुखित थिए। स्मिताका अनुसार उनी अर्का भारतिय कलाकार नस्रूध्दिन शाहसँग पनि दुखित थिए।

    एक साता अघि स्मिताका अनुसार ओमले ‘म अज्ञातबासका लागि बुद्धको जन्मस्थल लुम्बिनी जान चाहन्छु। म १५ दिनका लागि त्यहाँ जानेछु र कुनै एउटा गाउँमा मैनबत्ती र टर्चलाइटको साहारामा समय बिताउनेछु। म गौतम बुद्ध बसेको रूखको नजिक बस्नेछु। म मेरो शरिर त्यही त्याग गर्नेछु’, भनेका थिए।

    त्यस्तै उनले राजनीतिमा जान चाहेको इच्छासमेत आफूसँग राखेको स्मिताको भनाइ रहेको छ। उनले सो पार्टीको नाम ‘इन्सानियत’ (नवता) राख्ने निर्णय गरेका थिए भने ट्राफिकका कारण कसैको निधन नहुने स्थिति बनाउने पनि उनको चाहना थियो।

    ओमले आफ्नो निधनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिले शोक व्यक्त गर्नेमा आफू ढुक्क रहेको बताउने गरेका थिए।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page