Media Dabali

मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२६ गते
४७ पटक
goldकाठमाडौँ ,२६ पुस ।

पुस महिना लागेदेखि निरन्तर बढेको सुनको मूल्यले ५४ हजार नाघेको छ। पुस १ गते प्रतितोला ५१ हजार ७ सय रुपैयाँ रहेको सुन त्यसयता क्रमिक रुपमा बढ्दै गएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँ कायम भएको छ। जुन अघिल्लो दिनभन्दा ३ सय रुपैयाँले महँगो हो।

त्यस्तै चाँदी प्रतितोला ७ सय ८० रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनभन्दा ५ रुपैयाँले बढी हो। पुस १२ गते साढे ७ सय रुपैयाँमा चाँदी झरेको थियो।

प्रतिकृया दिनुहोस्
Loading...