Media Dabali

मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२६ गते
६५ पटक
anubhavकाठमाडौँ ,२५ पुस ।

एउटै नामले सबैभन्दा धेरै नेपाली सिनेमा निर्माण गर्ने निर्देशक हुन् बिकास राज आचार्य । उनले ‘नाई नभन्नु ल’ बाट सुरु गरेर ‘नाई नभन्नु ल ४’ सम्म रिलिज गरिसकेका छन् । उनका चारवटै सिनेमा सफल पनि भए ।

चारवटै सिनेमा मन पराएका दर्शकहरु अहिले ‘नाई नभन्नु ल ५’ को प्रतिक्षामा छन् । बिकासका सहकर्मी र निकट साथीहरुको सल्लाह पनि ‘नाई नभन्नु ल ५’ बनाउनु पर्यो भन्ने नै छ । विकासले पनि ‘नाई नभन्नु ल ५’ बनाउने तयारी गरिसकेको खबर थियो तर अचानक बिकास ‘नाई नभन्नु ल ५’ निर्माणमा नभयर अर्कै सिनेमा निर्माणमा जुटे । त्यसपछि धेरैलाई कतै उनी सिक्वेल देखि अघाएका त हैनन् ? भन्ने भयो ।

‘नाई नभन्नु ल ५’ छाडेर अर्को नयाँ सिनेमाको काममा जुटेका आचार्यलाई हामीले सिक्वेल कहिले बन्छ भनेर सोध्दा यसको जवाफमा उनले अहिले आफू अर्को एउटा नयाँ चलचित्र निर्माणमा लागेको र ‘नाई नभन्नु ल ५’ अर्को बर्ष निर्माण हुने जानकारी दिए । बिकासले सिनेमाका मुख्य कलाकार अनुभव रेग्मीका कारण सिनेमा निर्माणको कार्य एक बर्ष पर सरेको बताए ।

हाल बिकास अनुभवलाई सिनेमाका लागि स्वीमिङ सिकाईरहेका छन् । तर कथा अनुसार अनुभवको उमेर नपुग्दा सिनेमा निर्माणमा ढिला हुने भएको हो । यहि कारण बिकास नयाँ सिनेमा निर्माणमा लागेका हुन् । अनुभव अहिले ११ वर्ष भए । तर सिक्वेल ५ को कथामा उनको उमेर १२ देखि १३ वर्ष हुनु पर्ने भएकाले सिनेमा निर्माण कार्य एक वर्ष पर सरेको हो ।

अनुभवको पर्खाइमा रहेका आचार्य अहिले निराञ्जना निर्माणमा जुटेर यो एक बर्षको समयलाई सदुपयोग गर्दैछन् । निराञ्जना माघको अन्तिम साताबाट फ्लोरमा जानेछ । निराञ्जनाको कथा वैदेशिक रोजगार र युवाहरुको वरिपरि घुम्नेछ । निराञ्जना भन्ने बित्तिकै निर र अञ्जना केटा—केटीको नाम बुझिन्छ । अर्काे अर्थमा बाल्यकालमा आँखामा लाईने गाजल अथवा मन परेको मान्छेलाई कसैको नजर नलागोस भनेर लगाई दिने कालो टिकालाई निराञ्जना भनिन्छ ।

प्रतिकृया दिनुहोस्
Loading...