एक दशकमा आधा गरिबी घटाउन सफल पेरु — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२६ गते
    १३१ &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडौँ ,२६ पुस ।

    ल्याटिन अमेरिकी देश पेरुले एक दशकमा देशमा ५० प्रतिशत गरिबी घटाउन सफल भएको छ ।

    पेरुले आर्थिक उन्नतिको नजिर प्रस्तुत गर्दैै लगभग ५० प्रतिशत नागरिकको जीवनस्तारमा सुधार गरेको छ । त्यहाँ पछिल्लो पाँच वर्षमा ७० लाख जनाको गरिबी घटेको छ ।

    पेरुका राष्ट्रपति पेडरो पैबलो क्युचिन्स्कीले एक दशक अघि र अहिलेको पेरुमा निकै परिवर्तन आएको दाबी गर्नुभयो । त्यतिबेला ट्रक चलाउने मजदूर अहिले प्रमुख उद्योगपतिको रुपमा स्थापित भएका उहाँले जानकारी दिए ।

    सन् १९९० को दशकमा पेरुले विश्व बैंकको ढाचा अनुसार उदार अर्थव्यवस्था अपनाएपछि उसले आर्थिक उन्नति गर्न सफल भएको हो । नयाँ बजारका लागि खुला गरेपछि पेरुमा रहेको खनिज पदार्थको निर्यात उच्चदरमा हुनुका साथै विदेशी लगानी पनि बढेको छ ।

    सन् १९९० को दशकमा पेरुको निर्यात ३ हजार करोड डलरको हाराहारीमा रहेकोमा अहिले ९ गुणाले बढेर ३६ हजार करोड डलरको हाराहारीमा पुगेको छ । पेरुको प्रगतिमा सरकारको नीति मात्र नभएर नागरिकको सहभागिता र जागरुकताले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

    सरकारले विकासमा लगानी गर्नुपर्ने भन्दै नागरिकले सरकारी कार्यालयमा दबाब प्रदर्शन गर्ने साथै विद्यालय, खेल मैदानजस्ता आवश्यकता समुदायस्तरबाट पूरा गर्ने गरेकाले यति छिट्टै विकासको उकालो चढ्न सकेको त्यहाँका नागरिकले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...