Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२६ गते
    ८२ पटक
    ronaldoooएजेन्सी

    पोर्चुगलका कप्तान तथा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका छन् ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गरेको बेस्ट फुटवल अवार्डमा रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । अवार्ड जित्ने क्रममा रोनाल्डाले अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी र एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई पछि पारे ।

    गएराति स्वीट्जरल्याण्डको जुरिचमा भएको कार्यक्रममा रोनाल्डोले फिफा खेलाडीको अवार्ड उचालेका हुन् ।
    प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटवल समर्थकको मतको आधारमा फिफा वर्ष खेलाडीको चयन गरिएको हो । रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाउँदै अवार्ड जिते ।

    दोस्रो स्थानमा रहेका बार्सिलोनाका खेलाडी मेसीले २६ दशमलव ४२ प्रतिशत मत पाए भने तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए ।

    यसैगरी अमेरिकाकी कार्ली लोइड फिफा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।

    यसअघि फ्रान्सेली फुटवल संघले प्रदान गरेको बालोन डिओरको अवार्ड पनि रोनाल्डोले बार्सिलोनाका स्ट्राइकर मेसी र एथ्लेटिको मड्रिडका खेलाडी ग्रिजम्यानलाई पछि पार्दै जितेका थिए ।

    रोनाल्डोले गत वर्ष पोर्चुगललाई पहिलोपटक युरोकप २०१६ को उपाधि जिताउनुका साथै रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटवलको उपाधि दिलाएका थिए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page