Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२५ गते
    २२३ पटक
    sita-mijar-58736fc4bdd362-59486234काठमाडौँ ,२५ पुस ।

    नेविसंघकी नेतृ सीता मिजारमाथि चक्कु प्रहार भएको छ। सोमबार बिहान साढे ११ बजेतिर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका कार्यकर्ताले बागबजारस्थित पद्मकन्या क्याम्पसभित्रै नेतृ मिजारमाथि चक्कु प्रहार गरेका हुन्।

    मिजारको ओठमा ६ वटा टाँका लगाइएको छ। उनको प्रदर्शनी मार्गस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।

    क्रान्तिकारीका बसन्त भण्डारीको नेतृत्वमा रहेका मीना मिजार, दर्शना नेपाली, गंगा दाहाल लगायतको टोलीले नेविसंघ नेतृ मिजारमाथि आक्रमण गरेको नेविसंघ सहमहामन्त्री एवं पद्मकन्या क्याम्पसकी नेविसंघ इकाई अध्यक्ष साधना घिमिरेले जानकारी दिइन्।

    उनले क्रान्तिकारीका नेताहरुले बाहिरबाट गुण्डाहरु क्याम्पसभित्र ल्याएर नेविसंघ नेतृमाथि आक्रमण गराएको दाबी गरिन्। नेतृ घिमिरेले वाल पेन्टिङको विषयलाई लिएर क्रान्तिकारीले मिजारमाथि चक्कु प्रहार भएको बताइन्।

    स्ववियु निर्वाचन हुने भएपछि सुरु भएको प्रचार प्रसारका क्रममा अखिल क्रान्तिकारी र नेविसंघबीच भित्ते लेखनका विषयमा विवाद भएको थियो।

    क्याम्पस प्रशासनले ‘वाल पेन्टिङ’ नगर्न गरेको आग्रह विपरीत क्रान्तिकारीले वाल पेन्टिङ गरेपछि नेविसंघका नेतृहरु क्याम्पस प्रशासनलाई उक्त काम रोक्न दबाब दिन गएपछि दुई संगठनबीच विवाद सुरु भएको थियो।

    प्रतिकृया दिनुहोस्
    Loading...