Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२५ गते
    ३३७४० पटक
    mouth-blisters-1एजेन्सी

    मुखभित्र बारम्बार खटिरा आउने समस्याबाट हामीमध्ये कतिपय पीडित छौँ । अस्पताल नै जान पनि सामान्य समस्या, त्यही पनि एकपटक औषधि खायो फेरि केहीदिनमा उस्तै हुने । त्यसैले यसबाट छुटकारा पाउन निकै गाह्रो परिरहेको हुन्छ ।

    आउनुस्, आज हामी तपाईंलाई केही घरेलु उपाय सिकाउँदैछौँ, जसले मुखभित्र खटिरा आउने समस्याबाट छुटकारा दिलाउँछ ।

    बेकिङ सोडा
    मुखभित्र छालामा आउने चोटका लागि बेकिङ सोडाको प्रयोग निकै उपयोगी हुन्छ । मनतातो पानीमा एकचम्चा बेकिङ सोडा मिसाउनुस् । यस्तो पानीले दैनिक एकपटक मुख कुल्ला गर्नुस् । यसले मुखभित्रको छालामा आउने चोट निको पार्न त सहयोग गर्छ नै दुखाई पनि कम हुन्छ ।

    आलुबखडाको जूस
    आलुबखडाको जूस माउथवासको रुपमा प्रयोग गर्दा पनि मुखभित्रको घाउ निको हुन्छ । यसका लागि करिब २ चम्चा आलुबखडाको जुसलाई मुखमा लिएर २/३ मिनेटसँग त्यहीँ खेलाउनुस् । या कपासको टुक्रो आलुबखडाको जुसमा भिजाएर घाउ आएको ठाउँमा राख्नुहोस् ।

    फिटकिरी
    फिटकिरीको प्रयोगले दुखाई कम हुन्छ । दिनमा दुईपटक फिटकिरीलाई मुखभित्र घाउ आएको ठाउमा लगाउनुहोस् । तर, यसको प्रयोग गर्दा सुरुमा केही दुखाई भने महसुस हुनसक्छ ।

    टी ब्याग
    मुखभित्रको छालाको उपचारका लागि टी ब्याग निकै उपयोगी हुन्छ । यसमा रहेको ट्यानिक एसिडले छालाको दुखाई कम गर्छ । एकपटक प्रयोग गरिसकेको टी ब्यागलाई मुखभित्र घाउ आएको छालामा १०/१५ मिनेटसम्म राख्नुहोस् । तपाईंले धेरै राहत महसुस गर्नुहुन्छ ।

    चियाको बोटको तेल
    चियाको बोटबाट निकालिने तेललाई किटानाशक मानिन्छ । ९० प्रतिशत पानीमा १० प्रतिशत चियाको तेल मिलाएर दिनमा दुईपटक मुख कुल्ला गर्नुहोस् । यसले मुखभित्रको छाला ठीक हुनेमात्र होइन, दुखाई पनि कम हुन्छ ।

    नुन-पानी
    नुन-पानी पनि मुखभित्रको दुखाई कम गर्नका लागि लाभदायक हुन्छ । नुनमा छालालाई सुकाउने गुण हुन्छ, त्यसैले मनतातो पानीमा एकचम्चा नुन मिसाएर सम्भव भएसम्म धेरै पटक मुख कुल्ला गर्नुहोस् ।

    अम्बाको पात
    अम्बाको पात चपाउँदा पनि मुखभित्रको छाला ठीक हुन्छ ।

    अलैँची
    अलैँचीलाई पिसेर महसँग मिलाइ मुखभित्रको छालामा लगाउँदा फाइदाजनक हुन्छ । यसले मुखको दुर्गन्ध हटाउन पनि सहयोग गर्छ ।

    निम पत्ता
    निम पत्तामा एन्टिसेप्टिक गुण हुन्छ । यो किटाणु नष्ट गर्न निकै उपयोगी मानिन्छ । त्यसैले दिनमा दुईतीनपटक निम पत्ता चपाउनुस्, चोट केही दिनमै निको हुन्छ । यो अत्याधिक तितो हुन्छ, त्यसैले चपाउन सक्नुभएन भने निमपत्तालाई पिसेर गाइको घ्यूमा मिसाइ मुखभित्र घाउ आएको ठाउँमा लगाउँदा पनि हुन्छ ।

    बेसार
    मुखभित्र घाउ आएको ठाउँमा बेसार लगाउँदा फाइदाजनक हुन्छ । बेसारलाई पानीमा मिसाएर उबाल्नुस्, त्यो पानी मनतातो हुने गरी सेलाएर मुख कुल्ला गर्दा निकै फाइदा हुन्छ ।

    Source: OnlyMyHealth

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page