Media Dabali

मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२५ गते
१०५ पटक
brazilएजेन्सी

ब्राजिलको मानाउस शहरको भिडाल पेसो कारागारमा प्रतिस्पर्धी समूहबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।

मारिने तीन जनाको शिरछेदन गरिएको अवस्थामा शव फेला परेको छ ।

गत हप्ता प्रतिस्पर्धी समूहबीच चर्किएको हिंसामा ५६ जना बन्दीको मृत्यु भएपछि उक्त कारागार पुनः खोलिएको थियो ।

लागू औषध तस्करीमा समातिएका समूहहरुबीच राज्यका विभिन्न कारागारमा हिंसा भड्किने गरेको छ । गत शुक्रबार मात्र छिमेकी रोराइमा राज्यको कारागारमा भड्किएको हिंसामा ३३ जना मारिएका थिए ।

प्रतिकृया दिनुहोस्
Loading...