एफए फुटबल प्रतियोगिता:चेल्सीद्वारा पिटरबोरो युनाईटेड ४–१ ले पराजित — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२५ गते
    १०१ &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडौं, २५ पुस ।

    इङ्ल्यान्डको प्रतिष्ठित फुटबल प्रतियोगिता एफए कपमा चेल्सीले सहज जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले तेस्रो श्रेणीको क्लब पिटरबोरो युनाईटेडलाई ४–१ ले पराजित गर्‍यो । खेलमा चेल्सीलाई विजयी गराउन पेड्राले दुई गोल गरे भने मिची बात्सुई र विलियनले एक–एक गोल गरे ।

    जितपछि चेल्सी एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ । एफए कप अन्तर्गत गएराति भएको अर्को खेलमा लिभरपुललाई प्लाईमाउथले गोलरहित बराबरीमा रोकेको छ । बराबरीसँगै लिभरपुलले अब प्लाईमाउथसँग उसैको मैदानमा दोस्रो खेल खेल्नुपर्ने भएको छ ।

    गएराति भएको अर्को खेलमा फुलह्यामले कार्डिफ सिटीलाई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई २–० ले तथा मिडिल्सब्रोले सेफिल्ड वेनस्डेलाई ३–० ले हराएको छ ।

     

    प्रतिकृया दिनुहोस्
    Loading...