Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२५ गते
    २१५ पटक
    medicineकाठमाडौँ ,२५ पुस ।

    सानो उमेरमा औषधिको प्रयोग बढी गर्दा पछि दाँत फुल्ने समस्या देखिन सक्छ । दाँत फुल्ने समस्या बच्चादेखि नै हुने गरेको पाइन्छ । यस्तो समस्या धेरैजसो भने युवा अवस्थामा देखिने गर्छ ।

    फ्लोराइडले दाँतमा विकास हुने इनामेललाई अवरोध गर्दा दाँतको केही भागमा सेतो देखिन्छ । यसलाई हामी दाँत फुलेको भन्ने गर्छौं । दाँत फुल्नुका कारण र उपचारबारे दन्तरोग विशेषज्ञ डा. हरिश जोशी यसो भन्छन्ः

    दाँतको बीच भाग वा छेउमा सेतो वा पहँेलो दाग देखिएमा दात फुलेको भनिन्छ । युवा उमेरमा स्थायी दाँत बन्ने क्रम सुरु भएपछि कुनै कारणले दाँतमा समस्या देखिन जान्छ र फुल्न सक्छ ।

    • क्याल्सियमको अधिक प्रयोग भएको खण्डमा एप्पल प्लेजिया हुन्छ । जसले गर्दा क्याल्सियमको केही भाग दाँतका विभिन्न स्थानमा जम्मा हुन थाल्छ । यसैले गर्दा पनि दाँत पहेलो हुने वा फुलेजस्तो सेतो दाग देखिने हुन्छ ।
    • फ्लोरोसिस  कमी वा बढी भएको खण्डमा पनि दाँत सेतो हुने गर्छ । इनामेल बढी भएको खण्डमा दाँत फुल्ने मात्रै हैन यसले दाँत बाङ्गो हुने समस्या पनि निम्त्याउँछ ।
    • मानिसको दाँत फुल्ने  समस्या हाइपोक्याल्सिफिकेसन र फ्लोराइडको कमी अथवा बढीका कारणले देखा पर्छ ।
    • सानो उमेरमा बिरामी भएको खण्डमा विभिन्न किसिमका औषधि खाइन्छ । जसले गर्दा ठूलो भएपछि दाँतमा यस्तो समस्या आउन थाल्छ । यो सबै एन्टिबायोटिकको असर हो ।
    • दाँतलाई चम्किलो तथा सेतो बनाउन जेलको प्रयोग गर्ने चलन छ, त्यसले पनि दाँत फुल्ने हुन सक्छ । दातको लेभल मिलाउन अहिले बाँध्ने चलन पनि छ । यस्तो विधिमा विभिन्न केमिकल प्रयोग हुन्छन् । यसले पनि दाँत फुल्ने समस्या निम्त्याउन सक्छ ।
    • दाँत फुल्नुमा दुई पक्षलाई हेर्न सकिन्छ । पहिलो दाँत उम्रिँदै समस्या भएर हुन्छ भने अर्को पछि समस्या हुने गर्दछ ।
    • मानिसले हेर्दा नराम्रो देखिने गरी दाँतमा सेतो दाग रहनु र पहेलो भाग देखिनु भनेको दाँत कमजोर भएको पनि ठानिन्छ । कमजोर भएको ठाउँ बिस्तारै फुट्दै जाने र किराले खाने गरेको पाइन्छ ।

    उपचार विधि

    • सकेसम्म औषधिको प्रयोग कम गर्ने, यदि गर्नैपर्ने समस्या भएमा कमजोर भागलाई बचाउने र त्यसलाई राम्रो बनाउने गर्नुपर्छ ।
    • दाँत फुलेको भाग हटाएर सिमेन्ट भर्दा पनि दाँतलाई पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ ।
    • फुलेर समस्या भएको अवस्थामा दाँतमा क्याप लगाउने । जसले भविष्यमा पनि दातलाई राम्रो देखाउन मद्दत गर्छ ।
    • हामीले फ्लोराइड भएको स्थान हेर्नुपर्छ । दाँतमा समस्या आएको अवस्थामा सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page