Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२४ गते
    ९३ पटक
    baburamकाठमाडौं, २४ पुस ।

    नयाँ शक्ति नेपाल, पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन गरी राजनीतिक निकास दिने काममा अवरोध र्पुयाउनु कुनै पनि लोकतान्त्रिक दललाई नसुहाउने बताएका छन् ।

    आईतबार सप्तरीमा बुद्धिजिवी र राजनीतिक दलका प्रतिनिधिहरुसँगको भेटमा उनले संसद अवरुद्ध गर्ने्तिर नलागि सहमतिका साथ अघि बढ्न एमालेलाई आग्रह गरेका छन्।

    उनले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशितालगायतका विषय सुरक्षित गर्न पनि वर्तमान संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

    भट्टराईले पहिले प्राप्त उपलब्धिको संरक्षण र नमिलेका कुरा क्रमशः संशोधन गरी अघि बढ्न सबै दललाई आग्रह गरे । संघीयताको नमिलेको विषयलाई संविधान संशोधनमार्फत् मिलाउन सकिने भन्दै उनले संसदको अवरोध हटाउन एमालेका नेताहरुलाई आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्
    Loading...