Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२४ गते
    १३४ पटक
    noteeeeकाठमाडौँ ,२४ पुस ।

    नेपालीसित रहेका भारु पाँच सय र एक हजारका नोटको व्यवस्थापन गर्न भारतले नेपाल सरकारलाई वार्ताका लागि बोलाएको छ। भारतमा प्रतिबन्धित भारुको सटही गर्ने समय सकिएपछि नेपाललार्इ वार्तामा बोलाएको हो।

    भारतमा गत आइतबार नै भारु सटहीको समय सकिएको थियो। भारतको विदेशमन्त्रालयले नेपाल सरकारलाई पत्र लेखेर वार्ताका लागि बोलाएको हो। गभर्नर डा. चिरञ्जीवी नेपालले विराटनगरमा आयोजित पत्रकारसँगको भेटमा यो जानकारी दिएका हुन्। उनले भने, ‘हाम्रो वार्ता टोली केही दिनमै भारत जाँदैछ।’

    वार्तामा बोलाएपनि नेपालीसँग रहेको भारु साटिने अन्योल भने कायमै छ। बैंकिङ प्रणालीमा रहेको ३ करोड ३२ लाख भारु छ। भारतसँग खुला सीमा, ६५ प्रतिशत व्यापार र ४० लाखभन्दा बढी नेपाली भारतमा काम गर्ने भएकोले नेपालीसित प्रतिबन्धित भारु ठूलो परिमाणमा हुन सक्ने अनुमान गरिएको छ। नेपालीसँग रहेको भारु साटिने बारेमा गभर्नर नेपालनै आश्वस्त छैनन्।

    भारत सरकारले डेढ वर्षअघि प्रत्येक नेपाली नागरिकले भारु पाँच सय र एक हजारका नोट २५ हजारसम्म राख्न स्वीकृति दिएको बताउँदै गभर्नर नेपालले नेपाली प्रतिनिधिमण्डलले यही आधार टेकेर वार्ता गर्ने बताए।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page