Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२३ गते
    ६० पटक
    moneyगुल्मी ,२३ पुस ।

    सरकारले दिएको सामाजिक सुरक्षा भत्ता अन्तरगत एक वर्षभर आफुुले पाउने बृद्ध भत्ता गुल्मीका एक बृद्धले विद्यालयलाई चन्दा दिएका छन् ।
    जनता उच्च माध्यामिक विद्यालय अस्लेवा–७ को शनिवार सम्पन्न स्वर्णमहोत्सवको अवसरमा सोही स्थानका ९६ वािर्षय कलाधर कनौजेले आफ्नो वर्षभरीमा आउने कुल २४ हजार रुपैयाँ चन्दा दिएका हुन ।

    उनले आफ्नो बृद्ध भत्ता समेत चन्दा दिए लगत्तै कनौजेका जेठा छोरा शोभाखर कनौजे, माईला ओमप्रकाश कनौजे , कान्छा गोपाल कनौजे , नाती अजुर्न कनौजे सहित त्यस परिवारले थप ५ लाख ५ हजार चन्दा प्रदान गरे ।
    त्यस्तै स्वर्ण महोत्सव मुल समारोह समितिका अर्थ संकलन संयोजक तथा स्थानीय समाज सेवी चिन्तामणि पाण्डेले ६ लाख ५ हजार नगद सहयोग गरे ।

    पुर्व जिविस सदस्य तथा स्थानीय समाज सेवी टिकाराम पाण्डेले पनि ५ लाख ५ हजार ५ सय ५५ सहयोग गरे । स्थानिय समाज सेवी तथा वुटवलस्थित डार्सिङ्ग होटल सञ्चालक गोपालप्रसाद पाण्डेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरे ।

    अन्य  सहयोगदाताको नाम विवराण स्वर्ण महोत्सव समापनको केहि  दिन पछि सार्वजानिक गर्ने प्राचार्य भिमलाल पाण्डेले बताए ।  प्रचार प्रसार समितिका संयोजक विष्णुप्रसाद पाण्डेका अनुसार अहिले सम्म करिव ७० लाख संकलन भएको अनुमान गरिएको छ भने करिव १५ लाख भन्दा बढि खर्च भएको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...