Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२३ गते
    १६४ पटक
    marriedएजेन्सी

    भारतको कोलकातामा रेपको अभियोगमा सजाय काटिरहे एक आरोपीले पीडित महिलासँग विवाह गरेका छन् ।

    सजाय काटिरहेका मनोज कुमारले ८ वर्षपछि पीडित महिलासँग विवाह गर्ने निर्णय लिएको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ । गत बुधवार मनोजले पीडित महिलालाई पत्नीको दर्जा दिएका हुन् ।

    प्रहरीका अनुसार बलात्कृत महिलाले एक बच्चा पनि जन्माएकी छिन् । बच्चा जन्मिएपछि ती आरोपी व्यक्तिलाई विवाहको दबाब थियो । विवाह जेलभित्रै भएको जनाइएको छ ।

    दोषी मनोज कुमारले २९ डिसेम्बरमा दोषी भएको फैसला अदालतले दिएको थियो । सन् २०१० मा प्रहरीले मनोजलाई पक्राउ गरेको थियो । मनोजले ती युवतीलाई बोलाएर बलात्कार गरेको उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page